बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याजदारको विरुद्धमा दोलखा उद्योग व्यवसाय संघले आज जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बझाएको छ ।
जिल्लामा खस्कदै गएको व्यवसायलाई यवसायीक सुधार र व्यवसायीको मनोवल उच्च बनाई आर्थिक सुधारको लागि संघ तथा प्रदेश सरकार र बैंक तथा वित्तिय संस्थाहरुको सम्बन्धमा ८ बुदे माग राख्दै प्रमुख जिल्ला अधिधकारी कोमल प्रसाद धमलालाई संघले ज्ञापन पत्र बुझाएको हो ।
बैङक तथा वित्तिय संस्थाहरुले ब्याजदरलाई एक अङकमा कायम गर्नुपर्ने, ऋण स्वीकृत गर्ने बेला निर्धारण भएको ब्याजदर केही समय पछिनै बृद्धि गर्ने बैङ्क तथा वित्तिय संस्थाको नीति तत्काल परिर्वतन गर्नुपर्ने, सम्झौताको बेला तोकिएको एक अङ्कको ब्याजदर ऋण चुक्ता नभएसम्मको लागिनै कायम राखिनु पर्ने, व्यवसायीक सङकटको यो अवस्थामा सबैखाले कर्जामा पुर्नकर्जाको सुविधा दिनुपर्ने, नियमित किस्ता बुझाउन नसकेका ऋणीहरुलाई आर्थिक दवाव तथा मानसिक यातना दिदै पत्रपत्रिकामा लिलामिको सुचना निकाल्ने र बैङ्क तथा वित्तिय संस्थाको नाममा घर– जग्गा पास गर्ने कुरा तत्काल बन्द गरी किस्ता बुझाउने समय व्यवसायीक सुधार नभएसम्मको लागि उपलब्ध गराउनु पर्ने माग राखेका छन ।
बैंक तथा वित्तिय संस्थाहरुले व्यक्तिको घर– जग्गाको मूल्याङ्कण आफनो अनुकुल मनलागि गरी सामन्ति प्रवृत्ति देखाउदै कृतिम सङ्कट र आतङ्क फैलाएकोले त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने, बचत र किस्ता नियमित नहुदा हर्जाना लिने बैङ्क तथा वित्तिय संस्थाहरुको नीति परिर्वतन गरी किस्ता र तोकिएको ब्याजदरको मात्र हिसाब राख्नु पर्ने, बिभिन्न नाममा अधिकतम बैंक तथा सहकारीहरुले नै अप्रत्यक्ष रुपमा सञ्चालन गरीरहेको लघुवित्तहरुले ऋण असुलिको नाममा गाँउ–गाँउमा पुगेर किसान, साना व्यवसायीहरुको पशु चौपाया र गर–गहना समेत लिने गरेको तथ्य बाहिरीएकोले त्यस्तो अव्यवहारीक र अमानविय कार्य तत्काल बन्द गर्नुपर्ने संघका अध्यक्ष शिवजी राउले बताउनु भयो ।
ज्ञापनपत्र बुझनुहुँदै प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जिल्लामा वैक तथा वितिय संस्थाहरुको चर्को व्याजदर र वितिय संस्थाहरुको कार्य प्रती धेरै व्यवसायीहरुको गुनासो आएकोले सम्वन्धीत सरोकारवालाहरु संघ चाँडै छलफल गरीने बताउनु भयो ।