दर्पण संवाददाता
चरिकोट, १० फाल्गुण
दोलखाको भिमेश्वर नगरपालिका वडा नं ५ धरमधरमा रहेको बुढाभिमसेन माध्यमिक विद्यालयको स्वर्ण महोत्बम विहिवार सम्पन्न भएको छ ।
विद्यालय स्थापना भएको ५० औँ वर्ष पुरा गरेको अवसरमा आयोजित स्वर्ण महोत्सव कार्यक्रमको संघिय सांसद पार्वत गुरुङले उद्घाटन गर्नु भएको थियो । स्वर्ण महोत्सव कार्यक्रमको उद्घाटन गर्नु हुँदै सांसद पार्वत गुरुङले शिक्षामा देखिने गरी अनुभुती हुने गरी जनताको विचमा नया नयाँ परिवर्तन गरी जाने गरी सरकारले तयारी गरी रहेको बताउनु भयो । हालको शिक्षामा सामुदायिक विद्यालय र निजी विद्यालयको शैक्षिक गुनस्तरमा फरक देखिएको मा सरकारले सामुदायिक विद्यालयमा ठुलो लगानी गरेको हुँदा सामुदायिक विद्यालयहरुले पनि गुणस्तरमा परिर्वतन गर्नुपर्ने बताउनु भयो । दोलखाको सम्वृद्धी र विकासको लागि आफु सदैव प्रतिवद्ध रहेको बताउनु हुँदै शैक्षिक क्षेत्र सुधारको लागि समेत आफुले सदैव सहयोग गर्ने बताउनु भयो ।
स्वर्ण महोत्सव कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केशीले भिमेश्वर नगरले शिक्षालाई पहिलो प्राथमिकता दिएको बताउनु भयो । नगर भित्रको शैक्षिक विकासको लागि नगरपालिकाले विशेष बजेटको समेत व्यवस्था गरेको उहाँले बताउनु भयो ।
स्थापनाको ५० औँ बर्ष सम्म भएको विद्यालयको प्रगती तथा अबरोधका वारेमा विद्यालयका प्रधानध्यापक राजन कार्कीले जानकारी गराउनु भएको थियो । विद्यालयको ५० वर्षको गतिविधी समेटेर विद्यालयले स्वार्ण महोत्सव स्मारिका प्रकाशन गरेको छ । स्मारिकाको सांसद पार्वत गुरुङले विमोचन गर्नु भएको थियो ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालय स्थापनाको लागि जग्गा दान गर्ने जग्गादाता, पुर्व विवेस, पुर्व प्रधान्ध्यापक, उत्कृष्ट विधार्थी, शिक्षक, अक्षकोष दाताहरुलाई सम्मन गरिएको छ । (तस्विर– प्रभु जिरेल)