विश्व वातवरण दिवस, दोलखामा पनि बिभिन्न कार्यक्रम गरि मनाईएको छ ।
“प्लास्टिक प्रदुषण नियन्त्रण “हाम्रो दायित्व“ भन्ने मुल नाराका साथ दोलखा जिरी नगरपालिका स्थित जिरी माविमा वृक्षारोपण गरिएको छ ।
नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दोलखाको आयोजना, डिभिजन वन कार्यालय दोलखा अन्तरगत हनुमन्ते सब डिभिजन वन कार्यालय जिरीको सह आयोजनामा जिरी माविको विद्यालय परिषरको करिब १ रोपनी क्षेत्रफलमा धुपी, लौठ सल्ला, बिरेन्द्र फुल, कल्की फुल, कपुर, दन्ते ओखर लगाएत विभिन्न प्रजातिका बिरुवाहरु वृक्षारोपण गरिएको आयोजकले जनाएको छ ।
नेपाल निजामती कर्मचारी संगठन दोलखाका अध्यक्ष दिपक प्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा जिरी नगरपालिका प्रमुख मित्र बहादुर जिरेल, जिरी नगरपालिका उपप्रमुख कृष्ण माया बुढाथोकी, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकाय प्रमुख, बित्तीय सस्थाका प्रमुख, जिरी माविका प्र.अ, राजनीतिक दलका प्रतिनिधि, फेकोफन जिरी नगर पालिका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । बिरुवा हनुमन्ते सब–डिभिजन वन कार्यालय जिरिले उपलब्ध गराएको थियो ।
