विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा चरिकोटमा खुल्ला रक्तादान

दर्पण संवाददाता
चरिकोट, बैशाख २१
बिश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा नेपाल पत्रकार महासंघ दोलखा शाखाको आयोजनामा चरिकोटमा खुल्ला रक्तादान कार्याक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाद्धारा बिश्व प्रेस दिवसको अबसरमा आज आयोजना गरेको कार्यक्रममा १७ जनाले रक्तादान गर्नु भएको नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामाले जानकारी दिनु भयो । कोरोना भाइरसको कारण देशभर लकडाउन भएको र जिल्लामा समेत रगतको अभाब रहेकाले रगतका अभाब रहेका बिरामीहरुलाइ साहज तरिकाले रगत उपलब्ध होस भन्ने उदेश्यले रक्तादान कार्यक्रमको आयोजना गरेको अध्यक्ष लामाले बताउनु भयो । चरिकोटको लामाचौरमा रहेको नेपाल पत्रकार महासंघको भवनमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका संचारकर्मी तथा विभिन्न १७ जना ब्याक्तीले रक्तादान गरेका हुन । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दोलखा ले समन्वय गरेको थियो ।