विद्यार्थीले बनाए विद्यालय वातावरण सुधारको योजना

दर्पण संवाददाता
चरिकोट, २७ साउन, तामाकोशी गाउँपालिका वडा नम्बर १ भीरकोट र वडा नम्बर २ झुलेका विद्यार्थीहरुले विद्यालय वातावरण सुधारको योजनाहरु बनाएका छन् । विद्यालयको वातावरण सुधारमा विद्यार्थीहरु आफैले गर्न सक्ने कामको योजनाहरु बनाएका हुन ।

वातावरण संरक्षण शिविर (एक्का) नेपालको आयोजना र एक्सन मिडिएयरको सहयोगमा गत बुधवार र विहिवार सदरमुकाम चरिकोटमा आयोजित प्रकृति क्लव अन्तरक्रिया तथा ज्ञानबजार प्रतियोगिता कार्यक्रममा भीरकोटमा रहेको ५ वटा विद्यालय र झुलेमा रहेको ४ वटा विद्यालयका विद्यार्थीहरुले विद्यालयको वातावरण सुधारको लागि विभिन्न अवधारणा पत्रहरु सार्वजनिक गरेका थिए । पछिल्लो समय विनास हुँदै गएको वातावरणलाई संरक्षण गरी विद्यालयलाई हराबरा बनाउने उद्धेश्य उनिहरुले राखेका थिए ।

सो प्रतिस्पर्धामा अवधारणा पत्र लेखनमा भीरकोटको नारायणी मावि र झुलेको जनप्रभात मावि उत्कृष्ठ भएको छ । उत्कृष्ठ हुने नारायणी माविका विद्यार्थीहरुले सौचालयको पिसाव जम्मा गरी अर्गानीक फलफुल उत्पादन गर्ने र जनप्रभात माविले हर्वल गार्डेन बनाउने योजना बनाएका थिए ।उत्कृष्ठ विद्यालयलाई प्रति विद्यालय २५ हजार रुपैया पुरस्कार पाएका छन् ।

यस्तै संस्थाले एक बर्ष भरी गरेको कामको आधारमा उत्कृष्ठ पानी, स्वास्थ्य र सरसफाई मैत्री विद्यालयको रुपमा भीरकोटको गणेश आधारभुत र झुलेको जनता आधारभुत विद्यालय उत्कृष्ठ भएका थिए । ति विद्यालयले पनि २५÷२५ हजार पुरस्कार पाएका छन् । यसैगरी भित्ते पत्रिका प्रकाशनमा इन्द्रावती प्रावी भिरकोट उत्कृष्ठ भएको छ ।

कार्यक्रममा बोल्दै तामाकोशी गाउँपालिकाका प्रमुख इश्वरचन्द्र पोखरेलले विद्यार्थीहरुले बनाएको योजना अनुसार गाउँपालिकाले पनि काम गर्ने बताए । ‘विद्यार्थीहरुको योजना राम्रो छ, अध्यक्ष पोखरेलले भने, कार्यान्वयनमा लाग्न विद्यालय प्रशासन लाग्नु पर्छ’ । गाउँपालिकालाई प्लास्टिक मुक्त बनाउने योजना र हरीयाली विद्यालयलयको वातावरण बनाउने योजना आफुहरुको पनि रहेको बताउदै एक्का नेपालले सञ्चालन गरेको कार्यक्रम निकै प्रभावकारी रहेको बताए ।
कार्यक्रममा तामाकोशी गाउँपालिकाका उपमेयर उर्मिला खड्का, तामाकोशी १ भीरकोटका वडा अध्यक्ष महेश्वर काफ्ले,तामाकोशी २ झुलेका वडा सदस्य नानिकाजी तामाङ, नेपाल पत्रकार महासघं दोलखाका अध्यक्ष जीवन लामा लगाएतको सहभागिता रहेको थियो । उनिहरुले यो किसिमको प्रतिस्पर्धा जिल्ला स्तरको बनाउनु पर्नेमा जोड दिएका थिए ।

एक्का नेपालले दोलखामा २००९ बाट विद्यालयको वातावरण सुधार सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । बैतेश्वर गाउँपालिकाको मिर्गेबाट काम सुरु गरेको एक्का नेपालले हाल तामाकोशी गाउँपालिकाको वडा नम्वर १ भीरकोट र वडा नम्वर २ झुलेमा विद्यालय वातावरण सुधारको कामहरु गरिरहेको छ । यस अघि वैतेश्वर गाउँपालिकाको मिर्गे, गैरीमुदी र नाम्दुका विभिन्न विद्यालयमा काम सम्पन्न गरिसकेको छ ।

एक्का नेपालले एक्सन मेडिएरको सहयोगमा भीरकोटका ५ वटै विद्यालयहरुमा छात्रछात्रा मैत्री शौचालय,बालमैत्री धारा निर्माण गरेको छ भने विभिन्न शैक्षिक र खेलकुदका सामाग्रीहरु सहयोग गरेका छन् । यस्तै झुलेमा रहेको ४ वटै विद्यालयहरुमा पनि छात्रछात्रा मैत्री शौचालय ,वालमैत्री धारा, समुदायमा खानेपानीको ट्याङ्की,महिलाहरुको जीवनसुधारको लागि गोठसुधार र जुठ्यान सुधार गर्नुको साथै महिनावारी सरसफाई सम्बन्धी विभिन्न जनचेतनामुलक तालिमहरु दिनुको साथै आवश्यक सामाग्रहीहरु हस्तारण गरिएको एक्का नेपालका कार्यक्रम अधिकृत विपिन कुमार श्रेष्ठले जानकारी दिए ।