दर्पण संवाददाता
गौरिशंकर, साउन २५
दोलखाको उ त्तरी क्षेत्र गौरिशंकर गाउँपालिको विभिन्न क्षेत्रमा गएको पहिरोको महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले स्थलगत अवलोकण गर्नु भएको छ ।
गैरिशंकर गाउँपालिका खारेको टुइनटार र गुरुम्फी वजारमा गएको पहिरोको मन्त्री गुरुङले स्थलगत अवलोकण गर्नु भएको हो । मन्त्री गुरुङको निर्वाचन क्षेत्र समेत रहेको उक्त क्षेत्रमा विहिवार वेलुका आएको अविरल वर्षका कारण पहिरो जाँदा १ जनाको ज्यान गएको छ भने दर्जनै घरहरुमा क्षेती पुगेको छ । पहिरो क्षेत्रको स्थलगत निरिक्षण गर्नुहुँदै मन्त्री गुरुङले पिडितहरुलाई सुरक्षित ठाउँमा सार्नका लागि स्थानिय तहलाई निर्देशन गुर्नहँदै सरकारले सहयोग गर्ने वताउनु भयो । विहिवार वेलुका परेको अविरल वर्षले पहिरो जाँदा गौरिशंकर गाउँपालिका वडा नम्वर ८ खारेमा कामको शिलशिलामा पुगेका कालिन्चोक गाउँपालिका वडा नम्वर ७ सुनखानीका ३० वर्षिय सुरेस शिवाकोटीको ज्यान गएको थियो ।
पिडित परिवारलाई मन्त्रि गुरुङको आर्थिक सहयोग
पहिरोले घर वगाएको पिडित परिवारलाई मन्त्री गुरुङले तत्कालका लागि आर्थिक सहयोग गर्नु भएको छ । मन्त्रि गुरुङले गुरुम्फी र टुइन्टारमा परि पुर्ण रुपमा घर क्षेत्री भएको परिवारलाई १० हजार र आंशिक क्षेती भएका वरिवारलाई ५ हजारका दरले सहयोग गर्नु भएको हो । पहिरो स्थलमानै पुगेर मन्त्री गुरुङले गुरुम्फीका पुर्ण घर क्षेती भएका ७ परिवारलाई १० हजारका दरले र ८ घर परिवारलाई ५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो । त्यस्तै तुइन्टारमा पहिरोमा परि पुर्ण रुपमा घर क्षेती भएको ३ घर परिवारलाई १० हजार र ७ घर परिवारलाई ५ हजारको दरले रकम वितरण गर्नु भएको छ । पिडितलाइ तत्काल व्यवस्थीत सुरक्षित वसोवासको व्यवस्था मिलाउनकालागि मन्त्रि गुरुङले गाँपालिकालाई निदेशन दिनु भएको छ ।