वडा स्तरिय प्रथम गौरीशंकर कप भलिबल प्रतियोगिता जुंगुमा हुने

शंकर तामाङ
जुंगु, कात्तिक १४
शुभ दीपावलीको अवसर पारेर गौरिशंकर युबा सञ्जाल जुगुंले गौरिशंकर गाउँपालिका भित्र वडा स्तरिय भलिबल प्रतियोगिताको आयोजना गरेको छ।
गौरीशंकर गाउपालिका वडा न १ स्थित यार्सा प्राविको प्रांगणमा यहि कार्तिक १८ गतेदेखि २० गतेसम्म प्रतियोगीता संचालन हुने आयोजकले जनाएको छ । उक्त खेल गौरीशंकर गाउपालिकाको वार्ड नम्वर १ र २ को खेलकुद बिकास कोष संगको सहकार्यमा हुन लागेको हो ।
देशमा नयाँ संरचना लागु भएपछि नयाँ बनेको गाँउपालिका भित्रको वडास्तरिय यो पहिलो खेल हो । खेलकुदको माध्यमबाट भातृत्वको सम्बन्ध बिकास गर्न सकिने सञ्जालका अध्यक्ष दिलिप खड्काले बताए । खेलमा प्रथम हुने लाई रु ३००००,दितिय हुनेलाई रु २०००० र तृतीय हुनेलाई रु१०००० साथमा शिल्ड ,मेडल र प्रमाणपत्र पनि प्रदान गरीने छ ।