लेक लागेर कालिन्चोकमा एक पर्याटकको मृत्यु

दर्पण संवाददाता
चरिकोट, ८ मङसिर

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्याटकीय स्थल कालिन्चोक मन्दिर दर्शन गर्न आएका एक पर्याटकको मृत्यु भएको ।

काठमाण्डौ काँडाघारीबाट कालिन्चोक मन्दिरको दर्शन गर्न आएका ५८ बर्षिय कृष्ण प्रसाद गौतमको आज मृत्यु भएको हो । अत्याधिक चिसो र लेक लागेका कारण गौतमाको मृत्यु भएको हुन सक्ने दोलखा प्रहरी नायव निरिक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो । दोलखाको कुरी बजारमा बास वसेको होटलमानै स्वास्थ्यमा समस्या देखा परेको थियो । स्वास्थमा समस्या देखा परे पश्चात गौतमलाई उपचारको लागि आज विहान ८ बजे सदरमुकम चरिकोट स्थित सामुदायिक अस्पतालमा ल्याए ल्याइएता पनि अस्पतालले गौतमको मृत्यु भई सकेको अस्पतालले बताएको थियो ।

गौतम सहितको टोली काठमाण्डौँ बाट बस रिर्जभ गरी कालिन्चोक दर्शनका लागि शुक्रबार दोलखा आएका थिए ।