दर्पण संवाददाता
चरिकोट, १२ असोज
गत जेठ २ गते चरिकोटमा भएको आगलागिमा परि पिडित वनेका राधा खत्रि केसीलाइ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड चरिकोट शाखाले ८५ लाख १४ हजार क्षेतिपुर्ति वापत विमा रकम उपलब्ध गराएको छ ।
सदरमुकाम चरिकोटमा बिमा दाबि रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरि उपशाखा प्रमुख रामचन्द्र केसिले पिडित राधा खत्री केसीलाई चेक हस्तान्तरण गर्नुभएको हो । खत्रीले लुम्वीनी जनरल इन्सोरेन्स कम्पनीमा विमा वापत ७५ हजार २ सय ८० रुपैया विमा शुल्क वापतको रकम भुक्तनी गर्नु भएको थियो । १ करोड ८५ लाखको बिमा गर्नुभएको खत्रीलाई घर क्षति भए बापतको ८५ लाख १४ हजार रकम भुक्तानी गरिएको चरिकोट शाखाका उपशाखा प्रमुख रामचन्द्र केशीले बताउनु भयो । घरमा आगलागी भए पश्चात २५ लाख रकम अग्रिम भुक्तानी गरिएको र आज ६० लाख १४ हजार रकम हस्ताणतरण गरेको केसीले बताउनु भयो ।
पिडितलाई क्षेति वापतको चेक हस्ताणतरण गर्नुहुँदै दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले विमा गर्ने विषयमा अझै कतिपय मानिसहरुले नवुझेको कारण विमालाई वुझेर सवैले विमा गरी आफनो व्यवसाय सुरक्षीत गर्नु पर्ने बताउनु भयो । खत्रिको घरमा गत जेठ २ गते आगलागि हुँदा करोडौको क्षति भएको थियो भने राधा खत्रि र उहाँका छोरा राजु खत्रि घाईते हुनुभएको थियो ।
