दर्पण संवाददाता
चरिकोट, ९ असोज
दोलखाको भीमेश्वर नगरपालिका वडा न २ फुलपाका जग्गा विहिन सिमान्तकृत समुदायका भूकम्प पिडितहरुले भूकम्प गएको ३ वर्ष विति सक्दा समेत आवास निर्माण गर्न पाएका छैन् ।
सिमान्तकृत समुदायका ६४ घर परिवारले आफ्नो नाममा लालपुर्जा नभएकै कारण निजि आवास निर्माण गर्न पाएका छैनन् । भिमेश्वर नगरपालिका वडा न २ फुलपाका सम्पुर्ण ति ६४ घर परिवारनै सदियौ देखि अर्काको जग्गा कमाएर वस्दै आएका छन् । आवास निर्माणको लागि नगरपालिकाले नक्सा पास अनिवार्य गरेको हुँदा नक्सा पास गर्न आफनो नाममा लालपुर्जा नभएका कारण नगरपालिकाले नक्सा पास नगर्ने गरेको स्थानिय प्रतिमा योगिले गुनासो गर्नु भयो । पुन निर्माण प्राधिकरणले जारी गरेको लाभग्राही सुचिमा ६४ जनाकै नाम निस्कीएको छ ।
पिडित मोहन योगीले आफ्नो नाममा लालपुर्जा नभएकै कारण भुकम्प पिडितले पाउने सेवा सुविधा बाट बञ्चित हुनुपरेको गुनासो गर्नु हुँदै राज्यले सुकुम्बासीका लागि कस्तो निर्णय गर्छ, हामिले किन सरकारी अनुदान पाएनौ, हामि कहिले सम्म चिसो कटेरोमा बस्ने भन्दै प्रश्न गर्नु भएको थियो ।
जिल्ला मालपोत कार्यलय दोलखाका प्रमुख मालपोत अधिकृत गोबिन्द अधिकारीले फुलपाबासी हरुलको मालपोतमा कुनैपनि कागजात रेकर्डमा नभएको बताउनु हुँदै मोहि र तल्सीङको सहमतिबाट समधान गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखका अधिकृत रिता लम्सालले जग्गा विहिन भूकम्प पिडितको लागि राज्यले जग्गा खरिदको लागि थप २ लाख रुपैया दिने व्यवस्था भएको र उनिहरुका लागि जग्गा उपलब्ध गराउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयो गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले बिपद् जोखिम व्यवस्थापन र पुर्ननिर्माण सम्वन्धि विभिन्न सवालहरुमा छलफल गर्न मंगलबार दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको साझा सभा कार्यक्रममा सराकोरवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन ।
जिल्ला समन्वय समिति दोलखाका उप प्रमुख मनमाया जिरेलको अध्यक्षतामा भएको सभामा नापि कार्यालय दोलखाका प्रमुख रामकुमार बस्नेत, मालपोत कार्यालय दोलखाका प्रमुख मालपोत अधिकृत गोविन्द अधिकारी, भीमेश्वर नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत नारायण श्रेष्ठ, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखका अधिकृत रिता लम्सालले जग्गा विहित समुदायका लागि जग्गा उपलब्ध गराउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयो गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठकले भूकम्प प्रभावित समुदायका लागि सुरक्षित आवासको अधिकारलाई सुनिश्चित गर्नका लागि हुराडेक नेपालले निरन्तर पहल गर्ने बताउँनु भयो ।
साझा सभामा गैर सरकारी संस्था महांसघ दोलखाका अध्यक्ष धमेन्द्र मोक्तानले भुमीहिन भुकम्प पिडीत स्थानीयले जग्गा खरीदका लागि दुई लाख रुपैया अनुदान तत्काल पाउनु पर्ने बताउँनु भयो । सो अवसरमा वहाँले गैससहरु रााज्यका सहयोगी निकाय भएकाले भुकम्प प्रभावितहरुको अधिकार प्राप्तिका लागि लडीरहेन प्रतिवद्धता जनाउँनु भयो ।
कार्यक्रममा जग्गा विहिन घरपरिवारलाई भुकम्प पीडित बसोवास योग्य जग्गा उपलब्ध गराउँनका लागि हाल सम्म हुराडेक नेपाल दोलखाले गरेको विभिन्न गतिविधिका बारेमा हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक सुन्दर लामिछानेले कार्यपत्र जानकारी गराउँनु भएको थियो ।
सभामा हुराडेक नेपालका परियोजना संयोजक शेरबहादुर भुजेलले कार्यक्रमको निष्कर्षबारे जानकारी गराउँनु हुँदै जग्गा विहिनहरुको समस्या समाधानका लागि सबै सरोकारवालाले छलफललाई निरन्तरता दिने र जिल्लामा समाधान हुन नसक्ने सवाललाई केन्द्रिय स्तरमा पैरवी र पहल गर्ने बताउँनु भयो ।