दोलखाको विगु गाउँपालिका वडा नम्वर १ ठोङठाङ भिरमा मोटरसाईकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी विगु गाउँपालिका वडा नम्वर २ ओराङका एक आङफुर्वा तामाङ रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ओराङ देउलाङका २१ बर्षिय आङफुर्वा तामाङ रहेको प्रहरीले जनाएको छ । मङ्गलबार साँझ सिस्नेरी हाईड्रोपावरमा कार्यरत कर्मचारी सुजन भण्डारीको बा.४२ प ४९०० नं. मोटरसाईकल लिएर हिँडेका तामाङ नफर्केपछि खोजतलास गर्नेक्रममा बुधबार विगु गाउँपालिका –१ लामाबगरको ठोङठोङ भिरमा दुर्घटनाग्रस्त मोटरसाईकल सहित तामाङको शव फेला परेको हो । सडकबाट केहि मिटर तल दुर्घटना अवस्थामा वाइक र मृत अवस्थामा तामाङ फेला परेको प्रहरीले जनाएको छ ।