लामावगरमा सुख्खा पहिरोमा परी १ घाइते १५ घर विस्थापित

दर्पण संवाददाता
चरिकोट, साउन २५

दोलखाको लामावगरमा आज गएको सुख्खा पहिरोमा परी एक जना घाइते भएको छ भने १५ घर विस्तापित भएको छ ।

आज करिव १० वजेको समयमा दोलखा जिल्ला विगु गाउँपालिका वडा नं १ लामावगर स्थित वसपार्क रहेको स्थानमा माथिवाट पहिरो गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सुख्खा पहिरोमा परि स्थानीय ५५ वर्षिय लाली तामाङ घाईते हुनुभएको छ ।

वसपार्कको माथिल्लो डाँडावाट झरेको पहिरोमा परी पुर्ण रुपमा क्षती भएको र ढुंगा माटो झर्ने क्रम चलिरहेको कारण १५ घर विस्थापित भएको प्रहरीले जनाएको छ ।