लापिलाङमा खोलाले बगाएर एक जनाको मृत्यु

चरिकोट, २२ साउन/ दोलखाको कालिन्चोक गााँउपालिका वडा न ६ लापिलाङमा खोलाले बगाएर एक महिलाको ज्यान गउको छ ।

स्थानिय घट्टे खोलाले बगाएर कालिन्चोक गाँउपालिका वडा न ६ लेप्टुङकी करिव ३४ बर्षिय विष्णुमाया खड्काको मृत्यु भएको हो । सोमवार बेलुका करिव साढे ४ बजेको समयमा गोठमा गाईभैंसीलाई घाँस हालेर फर्कने क्रममा घट्टे खोलाले खड्कालाई वगाएको प्रहरीले जनाएको छ ।

स्थानिय र प्रहरीको सकिृयतामा खड्काको शव खोलाबाट निकाली आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।