लप्ची भ्रमणमा रहेका एक विदेशी पर्याटकको तामाकोशी नदिमा खसेर मृत्यु

दर्पण संवाददाता
चरिकोट, १० भाद्र

दोलखाको लप्ची भ्रमणमा गएका एक विदेशी नागरिकको आज तामाकोसी नदिमा डुबेर मृत्यु भएको छ ।

दोलखाको विगु गाउँपालिका वडा नं १ लामावगर स्थित पर्याटकिय क्षेत्र लप्चीमा भ्रमणमा गएका ल्याटभियाका नागरिक ३२ बर्षिय कोनसतानतिनस तोदोसिनीकोवसको तामाकोसी नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरीक्षक सेते तमाङले बताउनु भयो ।

ल्याटभियाका नागरिक पासर्पोट नम्बर एल भि ३९७६५९४ का तोदोसिनीकोवस लप्ची भ्रमणबाट लामाबगर फर्कने क्रममा मंगलवार बाटोमा चिप्लीएर तामाकोसी नदिमा खसेका थिए । उनलालाई करिव १ किलोमिटर तर नदिको विचमा ढुंगा र काठको चेपमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक तोदोसिनीकोवस शव नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलिले डोरी र क्रेनको सहयोगले निकालेको प्रहरीले जनाएको छ । भ्रमणमा मृतकको श्रीमती समेत संगै रहेको र श्रीमती भने शकुसल रहेको बताइएको छ ।