लक्ष्मी वैक लि को साहयक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाशाखा कार्यालय चरिकोटद्वारा भिम उच्च माध्यमिक विद्यालय दोलखामा वित्तीय साक्षरता सम्वन्धी कार्याक्रम सम्पन्न गरेको छ ।
विश्व वितिय सप्ताह २०७९ अन्र्तगत लक्ष्मी लघुवित्त वित्तीय संस्था चरिकोट शाखाले भिम माध्यमिक विद्यालयमा अध्ययान गर्ने विधार्थी तथा शिक्षाकहरुको विचमा वितिय साक्षरता सम्वन्धी कार्याक्रम सम्पन्न गरेको चरिकोट शाखाका शाखा प्रमुख मनिष ढकालले जानकारी दिनुभयो । विश्व वितिय सप्ताह २०२३ वितिय क्षत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले चैत्र ६ गते देखि १२ गते सम्म देशभर विभिन्न कार्यक्रम गरी मनाई रहेको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत लक्ष्मी लघुवित्त वित्तिय संस्थाले भिम माविमा आयोजना गरिको उक्त साक्षरता कार्यक्रममा कक्षा ९, ११ र १२ मा अध्ययन गर्ने विधार्थीहरुलाई वैक तथा वित्तिय संस्था सम्वन्धी जानकारी गराउनुका साथै बचत तथा कर्जा सदुपयोगिताको वारेमा जनाकारी गराइएको थियो ।
वित्तिय साक्षरता सवैमा सचेतना भन्ने मुल उदेश्य सहित आयोजना गरिएको कार्यक्रममा युवाहरुलाई वैकिङ प्रणाली, डिजिटल वैकिङ, वैक तथा वितिय संस्थाको कर्जा प्रणाली लगाएतको विषयमा शाखा प्रमुख मनिष ढकालले जानकारी दिनुभएको थियो ।

