लकडाउन बैशाख २५ गते सम्म थप्ने सरकारको निर्णय

१४ वैशाख । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गर्दै बैशाख २५ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।