दर्पण संवाददाता
अत्याधिक रक्तस्राव भई बिरामी परेका दोलखा झ्याकुका एक बिरामीलाई दोलखामा रहेको तारा दल गणका सेनाहरुले रक्तदान गरेको छ ।
दोलखको गौरीशंकर गाउँपालिका ३ झ्याकुका ३४ वर्षका डोमा खड्कालाइ दुइ पाउन्ड रगत दान गरेको तरा दल गणका सेनानी प्रकाश जिशीले बताउनु भयो । खड्कालाई अत्याधिक रक्तस्राव भएको र रगतको अभाव भएको हुदा तारा दल गणमा कार्यरत अम राम बहादुर सुर्खोती र प्युठ बिकाश बस्नेतले A+ve रगत दान गरेका हुन। लकडाउनको समयमा रगतको अभाव रहेको र सेनाले रक्तदान गरेको हो ।
दोलखामा रहेको तारा दल गणका नेपाली सेनाले आकस्मिक बिरामिहरुलाई रक्तदान गरी उपचार कार्यमा सहयोग गर्दै आएको छ ।