दर्पण संवाददाता
असार १०, मेलुङ
रोपाइका लागी मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दोलखाको मेलुङमा एक जनाको ज्यान गएको छ ।
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ७ ज्यामिरेका युवालाइ खेतमा रोपाइका लागि पानी तान्ने क्रममा आज करेन्ट लागेर ज्यान गएको हो ।
आज बिहान आफ्नै खेतमा रोपाइका लागि मोटर माफर्त पानी तान्ने क्रममा करेन्ट लागेर ३० वर्षको सुबास कार्किको ज्यान गएको दोलखाका प्रहरी प्रमुख डिएसपि रेवतीरमन पोखरेलले जानकारी दिनु भयो ।
मृतक कार्कीलाई घरदेखि करिब एककिलोमिटर दक्षिणतर्फ रहेको आफ्नो खेतमा रोपाई गर्नको लागि मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट सर्ट हुँदा गम्भिर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
मोटर सट भइ करेन्ट लागि गम्भिर घाइते भएको कार्कीको किर्नेटार अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको डीएसपी पोखरेलले जानकारी दिए मृतक कार्कीको शब पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट ल्याईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।