चरिकोट, भाद्र १२
दोलखाको मेलुङ गाउँपालिकामा बौलाह कुकुरको टोकाइका कारण रेविज रोज लागि ३ जनाको ज्यान गए पछि स्थायिनहरु त्रासित वनेका छन् ।
मेलुङ गाउँपालिका वडा नम्वर ७ का विभिन्न टोलमा एउटै कुकुरले घेरै जनालाई टोकेको र त्यस मध्ये हाल केहि दिनको अन्तरालमा रेविज रोगका कारण ३ जनाको ज्यान गए पछि स्थायिनहरु आतंकित वनेका छन् । गाउँपालिकाको वडा नम्वर ७ का विभिन्न क्षेत्रमा असार २६ गते एउटै कुकुरले १० जनालाई टोकेको थियो । उक्त कुकुरले टोकेको मध्ये ८ वर्षिय कुशल नेपालीको साउन २३ गते, १५ वर्षिय सरोज विकको भाद्र २ गते र ३२ वर्षिय रामचन्द्र भण्डारीको भाद्र १० गते काठमाण्डौको पाटन अस्पतालमा मृत्यु भई सकेको छ । उक्त कुकुरले टोेकेको अन्य ७ जना विरामी पनि चिन्तीत बनेका छन् । अन्य कुकरहरुले समेत हाल आएर मान्छे टोक्न थाले पछि स्थायिनहरुमा रेविजको त्रास फौलिएको स्थायिन भुपा चापागाईले बताउनु भयो । विरामी सवैले स्थायिन फार्मेसीमा रेविज रोगको खोप लगाएका थिए । रेविज विरुद्धको खोप लगाएको भएता पनी उनिहरुमा रेविज रोगका कारण ज्यान जानु गम्भीर विषय भएको स्थानियहरुले बताएका छन् ।
गाउँपालिकाले कुकुरकै टोकाइका कारण ३ जनाले ज्यान गुमाइ सके पछि स्वास्थ्य सेवा विभाग अन्र्तगत महामारी रोग नियन्त्रण महाशाखा टेकुबाट डा सहितको विशेषज्ञ टोली झिकाई अनुसन्धान सुरु गरेको छ । केहि दिन देखि कुकुरले टोकेका विरामीहरु गाउँपालिकाको सम्पर्कमा आउनका लागि गाउँपालिकाले सवैलाई अनुरोध गरेको छ । कुकुरले टोकेका ति विरामीहरु सवैलाई पुन आजबाट रेविज रोग विरुद्धको खोप सुरु गरिएको छ । गाउँपालिकाले वडा नम्वर ७ को स्वास्थ्य चौकीमा सिविरको आयोजना गरी आज मात्रै ४० जनालाई रेविज विरुद्धको खोप लगाएको छ । किल्नीक संचालकको चरम लापर्वहीका कारण ज्यान गएको भन्दै स्थायिनहरुले चर्को विरोध गरे पछि किल्नीक संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विरामीलाई सामान्य ठानेको र समय तालिका अनुसार खोप नलगाएको भन्दै किल्नीक संचालकमाथि मृतक रामचन्द्र भण्डारीको परिवारले किटानी जाहेरी गरी उजुरी दर्ता गरेको छ ।
खोप लगाउने समय तालिका नमिलेको स्वास्थ्य विज्ञको निष्कर्ष
महामारीकै रुपमा रेविज फौलन थाले पछि अध्ययन अनुसन्धान गर्न हिजो नै मेलुङ आई पुगेका स्वास्थ्य विभाग अन्र्तगतका स्वास्थ्यको विज्ञ टोलीले विरामीहरुलाई लगाइने खोपको समय तालिका नमिले कारण रोग फैलिएको निश्कर्ष निकालेको छ । विरामीलाई जुन समयमा खोप लगाउनु पर्ने सो समयमा नलगाई पछिल्लो मितिहरुमा खोप लगाइएको पाइएको र उक्त औषधीले काम नगरेको पाइएको डा. शंखर पण्डेले बताउनु भयो । खोपलाई जुन तापक्रममा राख्नु पर्ने उक्त तापक्रममा समेत राख्न नसकेको कारण समेत औषधीले काम नगररेको हुन सक्ने उहाले बताउनु भयो । उनिहरु सवैलाई आजबाट पुन शुन्य अवधि मानी सवैलाई रेविज रोग विरुद्धको खोप सुरु गरेको छ ।
रोग नियन्त्रणका लागि सक्रिय छ गाउँपालिका
कुकुरको टोकाइकै कारण ३ जनाले ज्यान गुमाउनु परेको दुखद घटना भएको र पुन त्यस्ता घटना दोहोरिन नदिनका लागि गाउँपालिकाले सक्दो प्रयास गरि रहेको गाउँपालिका अध्यक्ष नर वहादुर श्रेष्ठले बताउनु भयो । रेविज विरुद्धको खोप लगाएको भएता पनी अहिले आएर लक्ष्ण देखा परि ज्यान गएको मा गाँपालिकाको ध्यानकर्षण भएको अन्य विरामीहरुको सुरक्षाको लागि विशेष टोली सहित त्यस क्षेत्रमा परिचालन गरिएको उहाँले बताउनु भयो । गाउँपालिका भरि कतिजनालाई टोकेका भन्ने डाटा आइ नसकेको र सवैको खाजी गरी रेविज विरुद्धको खोप लगाउने काम आजबाट सुरु भएको उहाँले बताउनु भयो । काठमाण्डौबाट विशेष टोली घटना स्थलमा आइ अनुसन्धान गरी काम सुरु गरि सकेको छ । काठमाण्डौबाट विशेष टोली सहित ५०० थान रेविज विरुद्धको खोप आइ पुगेको र कुकुरले टोकेको तथा उनिहरुको प्रत्यक्ष सम्पर्कमा पुगेकाहरुको पहिचान गरी खोप खोप लगाउन सुरु गरेको उहँले बताउनु भयो ।