
एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि दोलखाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सहकारी संस्थाले ६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिरी उपशाखाको समन्वय तथा जिरी अस्पतालको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गर्नुभएको थियो । सहकारीको दिगोपना ः स्वनियमन र सुशासन भन्ने मुल नाराका साथ मनाईएको खुल्ला रक्तदान कार्यक्रममा सहकारी संस्थाका सञ्चालक, कर्मचारीहरु र शेयर सदस्य गरि करिब ५० जनाले ब्लड गु्रप पहिचान समेत गर्नु भएको र आवश्यक परि अपस्पतालले समन्वय गर्दा पुन रगत दिने गरि तयारी गरिएको संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले जानकारी दिनुभयो । दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लाका बिरामीहरुको उपचार गर्दै आएको अस्पतालमा रगत अभावका कारण कोही पनि बिरामीको मृत्यु नहोस् भन्ने उद्देश्यले आज रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका उपाध्यक्ष केदार बहादुर जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बर्षै पिच्छे मनाईने गरेको सहकारी दिवस कार्यक्रम यो बर्ष भने अलि नयाँ पनका साथ मनाईएको हो ।

दोलखा जिल्ला सहित चार वटा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर सेवा प्रवाह गरिरहेको सहकारी संस्थाले शेयर सदस्यहरुलाई लक्षित गर्दै हरेक वर्षको चैत्र २० गते सहकारी दिवसको दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ । कार्यक्रममा बोल्नुहुँदै संस्थाका अध्यक्ष भुमिराज खड्काले एकीकृत फ्रेण्डसिप साकोसले सम्पुर्ण शेयर सदस्यहरुलाई लक्षित गर्दै आफ्नो सेवा प्रवाह सहित शेयर सदस्यमुखि विभिन्न कार्यक्रम गर्दै सदस्यहरुलाई विभिन्न सेवा तथा अभिमुखिकरण गर्ने जानकारी दिनुभयो ।
