राजस्व वाँडफाँड तथा अन्तर सरकारी वित्तिय हस्ताणतरण सम्वन्धमा दोलखाका स्थानीय तहहरु संग अन्र्तरक्रिया कार्यक्रम आज चरिकोटमा सम्पन्न भएको छ । वागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौडाको आयोजनामा प्रदेश अर्थ मन्त्री माननिय कुन्दनराज काफले अर्थ सचिवको उपस्थितीमा राजस्व बाँडफाँड सम्वन्धमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्र्तरक्रिया कार्यक्रममा वितिय हस्ताणतरण अनुदान र राजस्व वाँडफाँढ सम्वन्धमा प्रदेश र स्थानीय तहको अन्तर सम्वन्धको वारेमा वागमती प्रदेशका प्रदेश लेखा नियन्त्रक हरि प्रसाद उपाध्ययले प्रस्तुतिकरण गर्नु भएको थियो ।
दोलखाका जिल्लाका स्थानयि तहका प्रमुख उप प्रमुख प्रमुख प्रशासकिय अधिकृतहरुको उपस्थीति रहेको कार्यक्रममा दोलखाको स्थानीय तहमा राजस्व संकलन तथा हस्ताणतरण सम्वन्धमा देखिएको समस्याहरुको वारेमा जनप्रतिनीधीहरुले प्रदेश सचिव तथा अर्थ मन्त्रीलाई जानकारी गराएका छन् । प्रदेश सरकार र संघ ले राजस्व वितरण प्रकृयालाई सवै स्थानीय तहलाई एकै नजरमा हेर्दा कतिपय स्थानीय तहमा समस्या देखा परेको र आन्तरिक राजस्व कम हुने पालिकाहरुमा विकास निर्माणमानै प्रभाव परेको जनप्रतिनीधिहरुले गुनासो गरेका छन् । स्थानीय तह संग समन्वय नगरी प्रदेश सरकारले मनलाग्दी टुक्रे योजनाहरुले हाल्ने गरेको हुँदा स्थानीय तहलाई कुनैपनी अधिकार नहुँदा कतिपय योजना डुव्लीकेसन हुने र काम प्रभावकारी नहुने जनस्तरबाट गुनासो आएको हुँदा त्यस्ता योजना रोक्न अर्थ मन्त्रीलाई आग्रह गरेका छन् ।
स्थानयि तहका जनप्रतिनीधीहरुले राखेका सवाल तथा उठान भएका विषयहरुमा वागमती प्रदेश सचिव कृष्ण प्रसाद मैनालीले स्पष्ट पार्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रदेश माननिय भरत बहादुर केसीले मुलुक संघियतामा गएता पनि हाम्रो वानी व्यवाहर जान नसेको र भ्रष्टचार नियन्त्रणको लागि घरबाटै सुधार हुनुपर्ने बताउनु भयो । विकास निर्माणको लागि माथिल्लो निकायहरुले बजेट खर्च गर्न नसक्ने थुपारेर राख्ने प्रवृतीले समस्या भएको बताउनुहुँदै तल्लो तहलाई बजेट सहित अधिकार सम्पन्न गराउनुपर्ने उहाँले बताउनुभयो ।
स्थानिय तहमा देखिएका समस्याको पहिचान गरी सुधार गर्नको लागि आफुले राजस्व वाँडफाँड र वितिय हस्ताणतरण सम्वन्धमा पहिले पटक यस्ता छलफल कार्यक्रम राखिएको हुँदा सुधार गरेर जाने वागमती प्रदेशका अर्थ मन्त्री कुन्दनराज काफ्लेले बताउनुभयो । वागमती प्रदेशको सवै जिल्लाका स्थानीय तहसंग छलफल गरीने र प्रदेश प्रदेश विच र संघको विचमा धेरै अन्तर देखिएको हुँदा सुधारको लागि आफुले पहल गर्ने उहाँले बताउनुभयो । प्रदेशले विशेष योजनाहरुलाई मात्र प्राथमिकताका साथ विकास गरिनुपर्ने अवस्था रहेको र कतिपय सानासाना योजनाहरुले गर्दा ठुलो योजनाहरुलाई नै प्रभावित पार्ने भएको हुँदा त्यस्ता साना योजना कटौती गरिने र आगामी दिनहरुमा पालिका संग समन्वय गरेर योजना छनोट गर्ने मन्त्री काफ्लेले बताउनुभयो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला समन्वय समिती दोलखाका प्रमुख वर्जुराम घतानी, माननिय उर्मिला सुनुवार, माननिय भरत बहादुर केशी, प्रमुख कोष नियन्त्रक, प्रदेश सचिव लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।