रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं ।
टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले प्रहरीलाई अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।

गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।