दर्पण संवाददाता
चरिकोट, कार्तिक ८
रक्तअल्पता भई प्राथमिक उपचार केन्द्र चरिकोटको आकस्मिक कक्षमा भर्ना भएका दोलखा कालिन्चोक गाउँपालिका वडा नंम्वर ८ का एकजना बृद्धलाई दोलखामा रहेको तारा दलगणका सेनाहरुले रक्तदान गरेको छ ।
रगतको अभाव भई प्राथमिक उपचार केन्द्र चरिकोटमा भर्ना भएका कालिन्चोक गाउँपालिका वडा नम्वर ८ का ६८ वर्षिय भुवानी प्रसाद शिवाकोटीलाई तारा दल गणका दुई सेनाले रक्तदान गरेको हो ।
६८ वर्षिय शिवाकोटीलाई तत्काल O+Ve रगत आबश्यक परेकोले उक्त रगतको लागि श्री तारादल गणमा अनुरोध गरेको हुंदा श्री तारादल गणबाट कृष्ण कुमार श्रेष्ठ र किशम वि कबाट रक्तदान गरेको तारा दल गणका क्यापटेन रोसन वस्नेतले बताउनु भयो । निजलाई उपचारको तत्काल रगतको आवश्यकता परेको र रगतको अभाव भएका कारण तारा दलमा अनुरोध पश्चात सेनाले रगत उपलब्ध गराएको र उपचारको लागि सहज भएको प्राथमिक उपचार केन्द्र चरिकोटले जनाएको छ । नेपाली सेनाले आकस्मिक बिरामिहरुलाई रक्तदान गरी उपचार कार्यमा सहयोग ग¥दै आएको छ ।
