दर्पण संवाददाता
चरिकोट, २७ भाद्र
नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि योङ स्टार डाण्सका विजेता टसी शेर्पाले ११ हजार १ सय ११ सहयोग गरेका छन् ।
जन्म दिनको अवसरमा डान्सर टसी शेर्पाले योङ स्टार डान्स प्रतियोगिताबाट प्राप्त गरेको रकम वाट भवन निर्माणका लागि ११,१११ सहयोग गरेका हुन् । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बुमा जन्मीएका टसी शेर्पाले निकटतम प्रतिस्प्रधी लाई ६ हजार मत अन्तरले पराजित गदै प्रथम स्थान हाँसिल गरेका थिए । उक्त प्रतिस्पर्धामा जिल्लाका पत्रकार तथा पत्रपत्रिकाहरुले ठुलो सहयोग गरेको र पत्रकार महासंघको भवन निर्माण भई रहेको अवस्थामा आफुले पाएको पुरस्कार बाट निर्माण कार्यमा केही सहयोग होस भन्ने उदेश्यले सहयोग गरेको शेर्पाले बताए ।
नेपाल पत्रकार महासंघ दोलखाले चरिकोटको लामाचौरमा सुविधा सम्पन्न भनवको निर्माण गरी रहेको छ । २०० वर्ग मिटरमा निर्माण भई रहेको भवन जिल्लाकै सुचना केन्द्रको रुपमा निर्माण गरिने भएकाले सवैलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामाले बताए ।