युवा संघ नेपाल र अनेरास्वीयुको स्थापनाको अवसरमा चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

नेकपा एमाले निकट अनेरास्वीयु र युवा संघ नेपाल दोलखाको स्थापना दिवसको अवसरमा चरिकोटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले निकट विधार्थीहरुको संगठन अनेरास्वीयुको ५९ औँ स्थापना दिवस र युवा संघ नेपालको ३४ औँ स्थापना दिवसरको अवसरमा संयुक्त आयोजनामा चरिकोट सातदोवाटोमा खुल्ला रक्तदान कार्याक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी दोलखा शाखा संगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्याक्रममा ३५ जना व्यक्तिहरुले रक्तदान गर्नुभएको अनेरास्वीयुका केन्द्रीय सदस्य राजकुमार ढुंंगेलले जानकारी दिनुभयो । रक्तदान गर्नेहरुमा ३१ जना पुरुष र ४ जना महिला रहेका छन् । रगतको अभावमा अकालमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा संघ दोलखाका प्रवक्ता सरोज वस्नेतले जानकारी दिनुभयो ।