युवा संघ नेपाल दोलखाको बैठक सम्पन्न, भाद्र २२ र २३ गते जिल्ला अधिबेशन गरिने

राष्ट्रिय युवा संघ नेपाल दोलखाको जिल्ला कमिटी सचिवालय बैठक आज सम्पन्न भएको छ । नेकपा एमाले दोलखाको पार्टीकार्यालय चरिकोटमा युवा संघका अध्यक्ष भुवन गुरुङको अध्यक्षतामा र राष्ट्रिय युवा सघ नेपालको केन्द्रिय उपाध्यक्ष सिता सुवेदीको प्रमुख आतिथ्यथामा र राष्ट्रिय युवा सघ नेपालको केन्द्रिय उपाध्यक्ष महाराज गुरुङको बिशेष आतिथ्यता र राष्ट्रिय युवा सघ नेपालको बागमती प्रदेश सचिव राजु तिवारीको उपस्तिथिमा युवा संघ दोलखाको बैठक सम्पन्न भएको युवासंघ दोलखाका प्रवक्ता सरोज बस्नेतले जानकारी दिनु भयो ।

नेकपा एमाले दोलखाका अध्यक्ष नर ब श्रेष्ठको उपस्थितमा भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ । दोलखा जिल्लामा भदौ महिना सम्ममा पाँच हजार नया सदस्री बनाउने निर्णय गरेको छ । साउन अन्तिमसम्म जिल्लाको ७४ वडाको वडा अधिबेशन गर्ने र २ वटा नगर र ७ वटा पालिकाको भदौ १२ गते सम्म अधिबेशन सम्पन्न गरि भदौ २२ र २३ गते दोलखा सदरमुकाम चरिकोटमा युवासंघ नेपालको जिल्ला अधिबेशन गर्ने निर्णय गरेको प्रबक्ता बस्नेतले जानकारी दिनु भयो ।


नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघले आम नागरिकहरुको हितमा काम गर्न पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठले निर्देशन दिनु भयो ।
बैठकको अबसरमा युवा संघको राष्ट्रिय महाधिवेशनमा निर्वाचित केन्द्रिय उपाध्यक्ष र केन्द्रिय सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।