मेलुङ गाउँपालिका कार्यालयमा तोडफोड गर्नेलाइ कार्वाही गर्न दोलखा स्थानीय सरकारको माग

दर्पण संवाददाता
चरिकोट,भाद्र २१

दोलखाको मेलुङ गाउपालिकाको कार्यालयमा तोडफोड गर्नेहरुलाइ दोलखाका सबै स्थानिय तहले कार्वाहीको माग गरेका छन ।
खानेपानीको कुरालाइ लिएर पालिका वडा नम्बर ४ का केही ब्याक्ती हरुले पालिकामा तोडफोड गर्नुका साथै पालिका प्रमुख र कर्मचारीहरु माथी दुर्ववहार गरेका थिए । भाद्र १८ गते प्रबिन थोकर, कृपाश्वोर गोले, सपना गोले, सुदिप गोले र मधुकर गोलेलाइ लगाएतको ३०/४० जनाको समुहम गएको टोलिले पालिकामा तोडफोड गरेका थिए ।

मेलुङ गाउँपालिका वडा नम्बर ४ मा संचालन हुने गरि संघीय सरकार बाट ९० लाख बजेट प्राप्त भएको र नियम अनुसार उक्त आयोजनाको काम भइ रहेको गाउपालिका प्रमुख नर बहादुर श्रेष्ठले बताउनु भयो । योजनाको बिषयमा केही समस्या भएमा वडा अध्यक्ष तथा संबंधित ब्याक्ती संगको छलफल बाट समाधान गर्नु पर्नेमा केही अराजक ब्याक्ती हरुले पालिकामा आएर कार्यालयमा तोडफोड गर्नु दु:खद भएको र कार्यालयको सामग्रीहरुमा क्षेती पुगेको उहाले बताउनु भयो ।

दोलखाका स्थानिय सरकारद्वारा आज बिज्ञप्ति जारी गर्दै नीति नियम संगत हुने काममा केही जथाको हुल्ले हो हल्ला गर्दैमा संघीय सरकार बाट तोकेर आएको योजना केही ब्याक्तीको स्वार्थका लागि परिवर्तन गर्न नसक्ने र कानुनी ब्यवस्थालाइ चुनौती दिदै तालाबन्दी गर्नु तथा कार्यालयमा तोडफोड गरेको प्रती ध्यानाकर्षण जनाएको छ । गैरकानुनी तरिकाले नियम बिपरित कार्य गर्ने केही ब्याक्ती हरुलाइ राजनीति दलको आडमा गैर कानुनी कार्यालाइ ढाकछोप गर्न आन्दोलन गरेको भन्दै तेस्तो कार्यको घोरभत्सर्ना गर्दै तेस्ता ब्याक्तीलाई कार्वाही गर्ने स्थानिय सरकारलले माग गरेका छ्न ।