मेलुङ गाउँपालिकामा नेकपा एमाले विजयी

चरीकोट, ३ जेठ ः दोलखाको मेलु्ङ गाउँपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार हिरा कुमार थोकर निर्वाचित हुनुभएको छ ।

मेलुङ गाउँपालिकाको गाउँपालिका प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरुलाई ठुलो मतान्तरले पराजित गदै नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका हुन । गाउँपालिका उपप्रमुखमा एमालेको गायत्री आचार्य निर्वाचित हुनुभएको छ । गाउँपालिका प्रमुख हिराकुमार थोकरले ४ हजार ४ सय ४२ मत प्राप्त गर्नु भएको छ । गाउँपालिकका अध्यक्षका प्रत्यासी गठबन्धनकका तर्फबाट एकिकृत समावजादीका रविन्द्र कार्कीले २ हजार ७ सय ३ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका प्रमुखमा थोकरले कार्कीलाई १७ सय ३९ मतान्तरले पाराजित गर्नुभएको हो ।

त्यस्तै गाउँपालिका उपप्रमुखमा निर्वाचित नेकपा एमालेका उम्मेदवार गायत्री आचार्यले ४ हजार १ सय ४७ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षका प्रत्यासी नेपाली काङग्रेसका भक्त बहादुर तामाङले २ हजार एक सय ७५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष आचार्य र तामाङको विचमा १ हजार ९ सय ७२ मतान्तर रहेको छ । मेलुङ गाउँपालिका प्रमुखमा राप्रपाले ३१६ मत प्राप्त गरेको छ भने उपप्रमुखमा ८५७ मत प्राप्त गरेको छ ।

सात वटा वडा रहेको मेलुङ गाउँपालिकामा नेकपा एमालेले ४ वटा वडामा वडा अध्यक्ष सहित सिंगो प्यानल निर्वाचित भएको छ भने गठबन्धनले ३ वटा वडामध्ये समावजादीले वडा नम्वर २, माओवादीले वडा नम्वर ५ र वडा नम्वर ६ मा काङग्रेस विजयी भएको छ ।