मेलुङ गाउँपालिकाद्धारा सुनौलो हजार दिनका आमालाई पोषण झोला वितरण

दर्पण संवाददाता
चरीकोट, १४ असोज: दोलखाको मेलुङ गाउँपालिकाले गाउँपालिका भित्रका सुनौलो हजार दिनका गर्भवती तथा वच्चाका आमाहरुलाई पोषण झोला वितरण गरेको छ ।

गाउँपालिकाद्धारा संचालित बहुक्षत्रीय पोषण कार्यक्रम अन्र्तगत गाउँपालिका भित्रका सुनौलो हजार दिन भित्रका गर्भवती महिला तथा वच्चाको आमाहरुलाई पोषण सम्वधी अभिमुखिकरण सहित पोषण झोला वितरण गरेको हो । गाउँपालिका भित्रका सवैै वडाका स्वास्थ्य चौकीमार्फत सुनौलो हजार दिनको आमाहरुको पहिचान गरी ३१५ जना गर्भवती तथा वच्चाको आमालाई पोषण झोला वितरण गरिएको गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनु भयो । गाउँपालिकाका नागरिकहरुलाई पोषणको अभाव नहोस भन्ने उदेश्यले गाउँपालिकाले वहुक्षत्रीय पोषण कार्यक्रम संचालन गरेको र सोहि कार्याक्रम अन्र्तगत वालवालिका तथा सुत्केरी आमाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी पोषण सम्वन्धी सामग्री सहितको पोषण झोला वितरण कार्यक्रम गरेको र सवै वडाका गरी ३१५ जनालाई झोला वितरण गरेको गाउँपालिकाले जनाएको छ । पोषण झोलामा पौष्टीक तत्वहरु पाइने घिउ, चना, केराउ, राज्मा, वदाम तथा सरसफाइका सामानहरु समावेश गरीएको छ ।

गाउँपालिकाले पोषण सम्वन्धी हजार दिनका आमाहरुलाई लक्षित गरी गत वर्ष देखिनै पोषण झोला वितरण कार्यक्रम सुरु गरेको र स्वास्थ्य कर्मीहरुको निगरानीमा यो कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताउनु भयो । पालिकाले नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको र गाउँपालिका भित्र कुपोषित वालबालिकाहरु न्यूनिकरण गराउने उदेश्यले आगामी वर्षहरुमा समेत कार्यक्रमलाई निरन्तरता दिने प्रवक्ता थोकरले बताउनु भयो । पोषण स्वास्थ्य सम्वन्धी विभिन्न संघ संस्था तथा स्थानिय तहले कार्यक्रमहरु संचालन गरे पछि कुपोषित वालबालिकामा कमी आएको छ । मेलुङ गाउँपालिका भित्र हाल दुई जनामा बालबालिकामा कुपोषण सम्वन्धी लक्षण देखा परेको प्रवक्ता थोकरले बताउनु भयो ।