मेलुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

दर्पण संवाददाता
मेलुङ, ४ माघ

दोलखाको मेलुङ गाउँपालिकाले संचालन गरेको विभिन्न योजना तथा गतिविधीको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

मेलुङ गाउँपालिकाले विभिन्न समयमा गाउँपालिकामा संचालन गरेको विभिन्न योजना तथा गतिविधीहरुको वारेमा आज सार्वजनिक सुनुवाई गरेको हो । गाउँपालिकामा संचालन गरेको विभिन्न योजना कार्यक्रमहरुको वारेमा सवैलाई जानकारी गराउने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरको गाउँपालिका प्रमुख नर बहादृुर श्रेष्ठले बताउनु भयो । मेलुङ गाउँपालिका वुद्धचोकमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका विभिन्न जनप्रतिनिधी, सरोकारवाला व्यक्ति, राजनैतिक दलका प्रतिनिधी, सर्वसाधारण लगाएको उपस्थिती रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न निकायहरुमा सर्वसाधारणहरुको जिज्ञासाको वारेमा सम्वन्धीत सरोकारवालाहरुले प्रष्ट पारेका थिए । गाउँपालिकाले हरेका कार्यक्रमहरु सार्वजनिक गर्दै पारर्दशी गराउनका लागि निरन्तर सार्वजनिक सुनुवाई जस्ता गतिविधीहरु संचालन गर्दै आएको गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनु भयो ।