मेलुङ क्षेत्रको एकीकृत विकास गर्न दत्तचित्त छु –अध्यक्ष, नर बहादुर श्रेष्ठ

दोलखाको मेलुङ गाउँपालिकाले यो आर्थिक वर्षमा गाउँसभाले पारित गरेको वजेटमा मेलुङका के कस्ता विषयलाई प्राथमिकता दिएको छ । समृद्ध मेलुङ निर्माणका लागि गाउँपालिका अध्यक्षको धारण के छ भन्ने विषयमा मेलुङ गाउँपालिकाक अध्यक्ष नर वहादुर श्रेष्ठ संग गरेको कुराकानी

)आर्थिक बर्ष ७७⁄७८ मा नयाँनीति र कार्यक्रम ल्याउनु भएको छ, केके कुरा समावेश गर्नु भएको छ ?
०७७ असार २७ गते नयाँ बजेट ल्याइएको छ । नेपाल सरकारको नीति समृद्घ नेपाल सुखी नेपाली भन्ने नारालाई सफल पार्न समृद्घ मेलुङ र सुखी मेलुङ बासी भन्ने नारा सहित विविध कार्यक्रम ल्याएका छौँ । उद्यमी बनौ, विदेशीन रोकौँ, मेलुङको रहर — सफा, सुन्दर र स्वच्छ गाउँघर, जनता बचाऔँ अभियान र गरिबी हटाउन गाउँपालिका अध्यक्ष विपद ब्यवस्थापन कोष स्थापना गरेका छौँ । यसका साथै स्थानीय सडक पूर्वाधार, समृद्घ गाउँपालिकाको आधार भन्ने नारा सहित सडक विस्तार गर्ने, मेलुङ सूचना केन्द्र जस्ता कार्यक्रमल्याएका छौँ । केही लोकप्रिय कार्यक्रमहरु र दिगो विकासका कार्यक्रमहरु पनि मूलभूत रुपमा ल्याएका छौँ ।

२) लोकप्रिय कार्यक्रम कस्ता छन्, जनता बचाउ अभियानले केके कुरा समेट्छ ?
हामीले गाउँपालिकाको तर्फबाट सुत्केरी महिलालाई पाँचहजार भत्ता, मृतकको परिवारलाई पाँचहजार किरीया खर्च, दुर्घटना र आत्महत्या गरेकालाई सदरमुकाम ल्याउन निशुल्क शववाहन भाडा सहयोग, दुवै आँखा नदेख्ने, पूर्ण अपाङ्गता भएका र साहारा विहीन ब्यक्तिलाई निर्वाह भत्ता, असहाय र अपाङ्गता भएकालाई निशुल्क स्वास्थ्य सेवा जस्ता कार्यक्रम राखेका छौँ । यसका साथै दिगो विकास, सुशासन र पारदर्शिता जस्ता कुरालाई पनि सँगै लिएर जाने सोचेका छौँ । यसरी हामीले ६८ करोड हाराहारीको बजेट सार्वजनिक गरेका हौँ ।

३) यस भन्दा अघि गरेका कामको बारेमा विशेष गरी सडकको निर्माणको कुरालाई लिएर निकै असन्तुष्टी आउने गरेको छ ? सडक निर्माण क्षेत्रमा भएका खास प्रगति के हुन?
भौतिक निर्माण अन्तर्गत विशेष गरी सडक निर्माणमा हामीले करोडौँ रुपैयाँ छुट्याएर काम गरेका छौँ । ३० लाखर सो भन्दामाथि देखिका आयोजनाहरुलाई बोलपत्र माग गर्ने प्रक्रियाद्वारा काम सम्पन्न ग¥यौँ । प्रदेश सरकारको लगानीमा शीतली मेलुङ, भैँसे सडक २५ करोड, जोरपिपल देखि बुद्घचोक सम्म काम भयो, रातो पाटी भ्याकुरे, चरङ्गे सडक निर्माण गर्न ७० लाख सम्पन्न भयो भने गाउँपालिकाको तर्फबाट देउराली चैतेघाट सडक, सिम्टे थालडाँडा रमाइलोचोक सडक, मानेदेखि मिल्ती र दुधिले भन्ज्याङ, मेलुङ पोखरेदेखि डाँडाखर्क सडक, चौतारा पाखा आँगे, गोले गाउँमालु खोला सडक जस्ता आयोजनाहरुमा सडक विस्तार गर्ने, स्तरउन्नति गर्ने र सबै समयमा गाडी चल्ल सक्ने बनाउने प्रयासमा छौँ । यस बर्ष भन्ज्याङबुद्घचोक सडकका लागि २ करोड, माने मिल्तीखोला २ करोड, पौवातीनपिप्लेलाई २ करोड, सिम्टे थालडाँडालाई २ करोड विनियोजन गरिएको छ । यीसडक आयोजनाहरु मेलुङका गौरवका आयोजनाहरु हुन । हामीकात्तिक महिनाबाट काम सुरु गर्नेगरी अघि बढेका छौँ । यीकामहरु सम्पन्न भैसक्दा हाम्रा सडकहरु हेर्नलायक र सबै मौसममा गाडी चल्ने बन्न सक्छन् । नयाँपुल रमाइलोचोक सडक बाह्र किमीकालो पत्रे हुदै छ । आगामी आर्थिक बर्ष भित्र ४५ किमिकालो पत्रे गर्नेगरी रणनीतिक योजनाका साथ अघि बढेका छौँ । यसका साथै अन्य साना सडकहरु पनि ब्यवस्थापन गर्ने कार्यक्रम रहेको छ । १२⁄१५ करोडले खासै सडकको स्तर उन्नति हुनन सके पनि हामी प्रदेश सरकार, केन्द्र सरकारसँगको समन्वयमा अधिकतम प्रयास गरिरहेका छौँ ।

४) आजभोलि मेलुङ गाउँपालिकामानिकै चार्चामा रहेको बिषय त्रिभुवनमावि मेलुङको बजेट फ्रिजभयो भनेर चर्चा छ नि ?त्यसमागाउँपालिकालाई सबैले दोषीमानेका छन् ? बजेट कसरी फ्रिजहुनपुग्यो र दोषी को हो अध्यक्ष ज्यू ?

म सबैलाई आग्रह गर्न चाहन्छु यो विद्यालयहामी सबैको साझा मन्दिर हो । म आफैले अध्ययन गरेको, राजनीतिसिकेको ठाउँ हो । यस विद्यालयलाई सिभिल इन्जिनियरिङ अध्ययन स्थलबनाउने तयारीमा छु । यो रकम फ्रिजभएको बिषयमा म आफै दुखी छु । यस बिषयमा विद्यालय ब्यवस्थापन समिति, प्रधानअध्यापक र निर्माण समिति गैरजिम्मेवार भएको देखिन्छ तर दोष गाउँपालिकालाई आएको छ । म सबै विद्यालयलाई समान ढंगले हेरिराको छु । सबै स्कूलमा इन्टरनेट, लाइब्रेरी र ल्याबबनाउने तयारीमा छु । यस बिद्यालयमाशिक्षा समितिको अध्यक्षको हैसियतले नमुना विद्यालय कार्यक्रम स्वीकृत गरी कार्यक्रम अघि बढाइयो र अघिल्लो बर्ष १ करोड ५० लाख बिनियोजन भएको थियो तर त्यसको बिल भरपाई गाउँपालिका सम्म आएन, फरफारक भएन । अडिट गरियो अडिटले पनित्यो बिषय औल्याएर छिटो फरफारक गर्न सुझावदियो तर सम्बन्धित साथीहरु निदाएर बस्नुभयो ।
हामीले पटक पटक आग्रह ग¥यौँ तर उहाँहरु हिसाबमिलान गर्न आउनुभएन । त्यसैले नेपाल सरकारको खरिद⁄आर्थिक नियमावलीका अनुसार अघिल्लो पेश्की फस्र्यौट नगरी पुन पेश्कीलिन मिल्दैन । यस बर्ष पनि रकम छुट्याइयो तर अघिल्लो बर्षको बेरुजू देखिएकोले त्यो रकम प्रचलित कानूनका आधारमा दिन मिलेन । यसमा विद्यालय प्रशासनको अकर्मण्यता देखिन्छ । अब महालेखाबाट सम्परीक्षण नगरी केही गर्न नसक्ने अवस्थाभएकोले पैसा फिर्ता हुनपुग्यो । यो कानूनी बिषय हो, आग्रह, पूर्वाग्रहको बिषय हैन । त्यो स्कूलको गुरुयोजना निर्माता म नै भएकोले म आफैँ पैसा खोजेर ल्याएर काम अघि बढाउँछु, आयोजना पुरा गर्ने प्रतिबद्घता गर्दछु । म प्रअ, शिक्षक, ब्यवस्थापन समिति र अन्य सबै विद्यालय परिवारलाई सभ्य, अनुशासित र बुझकी बन्न आग्रह गर्दछु । बौद्घिकवर्गका साथीहरुले बौद्घिककिसिमले ब्यवहार प्रदर्शन गर्न अनुरोध छ । कपोलकल्पित कुरा गर्ने, भौतिक आक्रमणका बारेमा सोच्ने, अनावश्यक अफवाह फैलाउने जस्ता नीचकार्यहरु नगर्न म सबैलाई आग्रह गर्दछु ।

५) मेलुङलाई शिक्षाक्षेत्रमा समृृद्घ बनाउनतपाइका योजना केके छन् ?
मेलुङको शिक्षालाई गुणस्तरीय र नमुना बनाउने मेरो सपना छ । अहिले शिक्षा क्षेत्रनिकै थिलथिलो भएको छ । परिवर्तन गराउन केहीपहलहरु पनिभए तर खास परिवर्तन देखिएन । मैले निर्वाचित भएको पहिलो बर्ष नै शिक्षा क्षेत्रका मानिसहरुलाई नमुनाविद्यालय भ्रमण गराएँ । तालिम, प्रशिक्षण जस्ता कुरा पनि गरियो, प्रोत्साहनका कार्यक्रम पनि गरियो । अब हामी वास्तविक अभिभावकलाई मात्रविब्यसमा ल्याउँछाँै, प्रअ का लागि निश्चित आचार संहिता बनाएर जिम्मेवारी दिन्छाँै, विद्यालय एकीकरणका कार्यक्रमल्याउने, उमेर पाकेका शिक्षकहरुलाई सुविधा सहित विदा गर्ने, बिषयगत शिक्षक र दरबन्दीको ब्यवस्थापन गर्ने, इमेल इन्टरनेट, सिसि क्यामेरा जस्ता सुविधादिने, नियमित अनुगमन र दण्ड तथा पुरस्कारको ब्यवस्थापन गर्ने, दयनीय शिक्षा क्षेत्रलाई सुधार गर्न यस्तै अनेक कार्यक्रमहरु ल्याइने छ । कक्षा ५ र ८ को परीक्षालाई ब्यवस्थित गरिने छ । यस बर्ष शिक्षामा १ करोड ६० लाख विनियोजन भएको छ । सबै विद्यालयलाई समान ढंगले विकास गरी मेलुङ शैक्षिक अभियान सम्पन्न गर्ने योजनाबनाएको छु ।

६) यसका अलावा मेलुङको समग्र विकासका लागि कृषि, पर्यटन, स्वाथ्य लगायतका क्षेत्रका लागि कसरी विकास गर्ने योजना छ ?

कृषिमा मेलुङलाई समृद्घ गराउन करिब २ करोड ६४ लाखर पशुसेवामा १ करोड १ लाख विनीयोजन गरेको छु । प्राङ्गारिक मलब्यवस्थापन, गोठेमल सुधार, बीउ बिजन ब्यवस्थापन, बाह्य तयारी खाद्य वस्तु आयात कम गर्ने । आलु र सुन्तला उत्पादन गरी पकेट क्षेत्र बनाउने, तल्लो भेगमा अन्न उत्पादन, बेँसी तथा बीच भागमा फलफूल उत्पादन गर्ने, गाउँमै स्वारोजगारका कार्यक्रम विकास गर्ने, कृषिऔजार उत्पादन र विकास, बन्यजन्तु नियन्त्रण, हाते ट्रयाक्टर वितरण र ब्यवस्थापन, जैविकउत्पादन, दुग्ध उत्पादन । पर्यटन विकासका कार्यक्रम, जेष्ठ नागरिक, महिला, बालबालिका केन्द्रित कार्यक्रम, म्युजियम निर्माण, शैलुङको एकीकृत विकास, बन्यजन्तुको संरक्षण, सुशासन, पारदर्शीता र भ्रष्ट्राचार नियन्त्रण जस्ता कुराले मेलुङ क्षेत्रको एकीकृत विकास गर्न दत्तचित्त छु ।

प्रस्तुती
शरद सापकोटा