दर्पण संवाददात
चरिकोट, भाद्र ३०
दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर ६ तिन पिप्लेमा किसानहरुलाई लक्षित गरि गाउँपालिकाको सहयोगमा दुग्घ चिस्यान केन्द्र संचालनमा आएको छ ।
मेलुङ गाउँपालिको अनुदान सहयोगमा गाउँघर साना किसान कृषि सहकारीले व्यवस्थापन गर्ने गरी दुग्ध चिस्यान केन्द्र संचालनमा आएको हो । चिस्यान केन्द्र संचालनका लागि गाउँपालिकाले ५ लाखको अनुदानमा चिस्यान केन्द्रका लागि आवश्यक सामग्रीहरु खरिद गरि वितरण गरेको थियो । गत वर्ष प्रदेश सरकारले मेलुङ गाउँपालिकाका कृषकहरुका लागि गाई खरिद गर्न २५ लाख अनुदान वितरण गरेको र सोहि रकमवाट गाई खरिद गरी ३० घर परिवारले गाई पाल्दै आएका छन् ।
कृषिको राम्रो सम्भावना वोकेको मेलुङमा हाल दैनिक १०० लिटरको दरले दुध संकलन हुने गरेको छ । किसानहरुले प्रति लिटर दुधको फयाटको आधारमा ६६ रुपौया सम्म पाउने गरेको साना किसान कृषि सहकारीका अध्यक्ष श्रीराज पोखरलले बताउनु भयो । कृषिमा उत्पादन बढाउने उदेश्यले कृषकहरुका लागि सहुलियत कर्जामा सहकारीले १ करोड रकम लगानी गरेको उहाँले बताउनु भयो । उत्पादनको राम्रो क्षेत्र मेलुङका नागरिकहरुलाई हरेका कुराबम आत्म निर्भर वनाउनका लागि गाँउपालिकाले कृषिको क्षेत्रमा लगानी गरी आर्थिक रुपमा समेत सम्पन्न बनाउन विभिन्न कार्यक्रम संचालन गर्दै आएको गाउँपालिका प्रमुख नर बहादुर श्रेष्ठले बताउनु भयो ।
विगत देखिनै कृषि पेशामा संलग्न भई दुध उत्पादन भएता पनी वजारको अभावमा रहेका किसानहरु गाउँमानै चिस्यान केन्द्र संचालनमा आए संगै उत्साहित भएका छन् । दुध उत्पालन राम्रो भएता पनी वजारको अभावका कारण घरमानै सिमित हुनुपरेको वेला दुध संकलन केन्द्र स्थापना भएसंगै आफुहरुको आम्दानीको स्रोत समेत वढेको किसानहरुले बताएका छन् । गाँउघर साना किसान कृषी सहकरीले कृषकहरुलाई आत्म निर्भर वनाउनका लागि १८ जनालाई सहकार्य गरी इजरायल पठाएको र हाल उनिहरु अध्ययन गरी फर्केर गाउँमानै विभिन्न कृषि पेशामा संलग्न रहेको अध्यक्ष पोखरेलले बताउनु भयो ।
