मेलुङका किसानलाई हाते ट्रयाक्टर सहित कृषि सामग्री वितरण, किसान उत्साहित

दर्पण संवाददाता
मेलुङ, असार १२
दोलखाको दक्षिणी गाउँपालिका मेलुङका २१ जना किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ ।
उत्पादनको भण्डारको रुपमा मानिने गाउँपालिकाको मेलुङमा प्रधानमन्त्री आधुनिकिकरण परियोजना र गाउँघर साना किसान कृषि सहकारीले २१ जना किसानहरुलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो । हाते ट्रयाक्टर सहित संस्थाले किसानका लागि अवश्यक पर्ने अन्य यन्त्रीक सामग्रीहरु समेत वितरण गरेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको सुन्तला पकेट क्षेत्र कार्यक्रम अन्र्तगतको ५० प्रतिशत र गाउँघर साना किसान कृषि सहकारीको ५० प्रतिशत गरी पन्ध्र लाख १० हजार पाँच सयको लागतमा कृषि सामग्री वितरण गरिएको संस्थाका प्रवन्धक भुप चापागाईले वताउनु भयो ।
संस्थाले मेलुङ गाउँपालिकाले वडा नम्वर ५, ६ र ७ का किसानहरुलाई हाते ट्रयाक्टर तथा प्लासटिकको टनेत लगाएत कृषि सामग्रीहरु वितरण गरेको हो । प्रविधीको प्रयोग गरी उत्पादनमा वृद्धि गर्ने र किसानलाई आत्मनिभर वनाउने उदेश्यले कृषि सामग्री वितरण गरेको सहकारीका अध्यक्ष श्रीराज पोखरेलले बताउनु भयो ।