
प्रभु जिरेल
चरिकोट, साउन २२
लामोसाँगु जिरी सडक खण्ड अन्र्तगतको मुडे चरिकोट सडक खण्डमा निर्माण कम्पनीले समयमानै काम नगर्दा पाँच वर्ष देखि सडक अलपत्र अवस्थामा रहेको छ । ३० किलोमिटर सडक पाँच वर्ष देखि निर्माण हुन नसके पछि नागरिकहरु जोखिपुर्ण यात्रा गर्न वाध्य भएका छन् ।
दुई वर्षमानै निर्माण सम्पन्न गर्ने गरी मुढे देखि चरिकोट सम्म शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ति जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको भएता पनि पाँच वर्ष विती सक्दा समेत काम सम्पन्न हुन सकेको छैन् । समयमानै काम नगरे पछि निर्माण कम्पनीले विभिन्न वाहानामा पटक पटक समय थप गर्दै आई रहेको छ । पटक पटक समय थप भएता पनि निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा दोलखाका नागरीकहरु पाँच वर्ष देखि जोखिमपुर्ण यात्रा गर्न वाध्य भएका छन् ।

मुडे देखि चरिकोट सम्मको ३० किलोमिटर सडक दुई वर्षमा काम सम्पन्न गरी हस्ताण्तरण गर्ने गरी २०७२ साल भाद्र महिनामा सम्झौता गरि शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ति जेभी कम्पनीले जिम्मा लिएको थियो । सडक अलपत्र पारेको र नागरिकलाइ दुख दिएको भन्दै दोलखाका नागरिक समाजल संघर्ष सकिती नै गठन गरि पटक पटक आन्दोलन समेत गदौ आएका छन् । नागरिकको चर्को आन्दोलन पछि केहि समय काम गरे जस्तो गरे पनी निर्माण कम्पनीले निरन्तर काम गर्न सकेको छैन् । सडकको अवस्था र नागरिकले भोग्नु परेको समस्याको विषयमा निर्माण कम्पनीलाई जानकारी गराई पटक पटक सडक सुधारको लागि अनुरोध भई रहेको र वेवास्था गरे आयोजना कार्यलयमा तालावन्दी देखि सवारी साधन संचालनमा रोक लगाउने गरि आन्दोलनको तयारी भईरहेको नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवि मास्केले वताउनु भयो । ठेकेदार कम्पनीले विभिन्न बहान बनाई निर्माण कार्यलाई गति दिन नसक्दा बर्षको समयमा दोलखा देखि राजधानी काठमाण्डौ जोडने एक मात्र सडक खण्ड अस्तव्यस्त बन्नुका साथै नागरिकहरुले कष्ठ व्यहोर्न वाध्य भएका छन् ।

भारतिय एक्जिम बैङ्कको एक अरब २४ करोड ऋण सहयोगमा निर्माण हुन लागेको खाडिचौर चरिकोट सडक खण्ड पहिलो चरणको खाडिचौर देखि मुडे सम्मको काम अन्तीम चरणमा पुगेको छ । पहिलो चरणको २५ किलोमिटर सडक कालोपत्रे गरी अन्तीम चरणमा पुगे पनी मुडे देखि चरिकोट सम्म ३० किलोमिटर सडक खण्डको काम कुनै प्रगती हुन सकेको छैन् । ३० किमि सडकमा कटिङ फिलिङको काम सकी केहि क्षेत्रमा सव वेसको काम गरेको भएता पनी वर्षका कारण सडक हिलाम्य वनेको छ ।
निर्माण कम्पनीलाई समयमानै काम गर्नका लागि पटक पटक ताकेता गर्दा पनी काम नगरेको र वेवास्ता गरेको भन्दै सडक डिभिजन कार्यालयले १० प्रतिशत जरिवाना लगाएको छ । निर्माण कम्पनीले काम समयमा सम्पन्न नगरेका कारण ८ करोड जरिवाना तिर्न वाँकी रहेको भए पनी ३५ लाख ९१ हजार रुपौया निर्माण कम्पनीबाट रकम असुली गरी सकेको आयोजना प्रमुख दिप वाराहीले जानकारी दिनु भयो । वर्षायाममा पिचको काम गर्ने नमिल्ने भएपछि हाल मेन्टीनेन्सको काम मात्र भई रहेको उहाँले बताउनु भयो । निर्माणको चरणमा रहेका र समय अवधि सकिएका तथा निर्माणका काम सम्पन्न नभएका आयोजनाहरुलाई १ वर्षको सयम अवधि थप भए संगै आयोजनाको समय अवधी पुस २५ गते सम्मका लागि थप भएको छ । निधारीत समयमानै काम सम्पन्न गराउनका लागि आफुले पटक पटक आग्रह गरिरहेको र नियमीत अनुगमन भई रहेको आयोजना प्रमुख वराहीले बताउुन भयो ।

सडककै कारण विरामीलाई हेलिकप्टर चार्टर
राजधानी जोडिने एकमात्र सडक निर्माण कम्पनीले अलपत्र परेका कारण जटिल प्रकारका विरामीहरु हेलिकप्टरको चार्टर गरी काठमाण्डौ उपचार गर्न जानुपर्ने बाध्यता रहेको छ । हिमाली जिल्ला दोलखाको र्दुर्गम क्षेत्रका विरामीहरुलाई काठमाण्डौ सम्म पुराउनका लागि समस्या हुने गरेको छ । जिल्लामा आइसियु सहितको अस्पताल नभएको र जटिल रोगी, गर्भवती तथा सुत्करी हरुलाई बाटोकै कारणले गर्दा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको छ । हेलिकप्टर चार्टर गर्न नकक्ने सामान्य परिवारका विरामीहरु सडकका कारण राजधानी सुविधा सम्पन्न अस्पतालमा जान ढिला हुने कारणले ज्यान समेत जाने गरेको छ ।

