मिल व्यवसायबाट मार्सिक डेढ लाख आम्दानी

दर्पण संवाददाता
मैनापोखरी, १२ असोज

दोलखाको वैत्येश्वर गाँउपालिका वडा नं ५ का गिता प्रसाद दहाल विहान सवेरै देखि वेलुका सम्म काममा व्यस्त देखिन्छन् । उनलाई काम भन्दा फरक विषयमा कोहिसंग लामो समय कुरा गरेर वस्ने फुुर्सद पनि हुँदैन् ।

गिताप्रसाद दहालले दोलखाको वैत्येश्वर गाँउपालिका वडा न ५ मैनापोखरी बजारमा जाल्पा राइस मिल संचालन गर्दै आउनु भएको छ । मिलमा पिठो पिस्ने, धान पिस्ने जस्ता कुटानी पिसानीको काम हुँदै आएको छ । करिव १ लाखको लागतबाट व्यवसाय सुरु गरेको उनले अहिले मार्सिक १ लाख ५० हजार नाफा मात्र कमाउने गरको बताउनु हुन्छ । सुरुमा लगानी गर्ने पैसा समते नभएको स्मरण गर्नुहुँदै भन्नु भयो आफुसंग पैसा थिएन सहकारी संग व्याजमा पैसा लिएर व्यवसाय सुरु गरियो ।

व्यवसायीक बनाउनको लागि न्यून आय भएका सदस्यहरुका लागि जनमुखी बचत तथा ऋण सहकारीले ६ महिना सम्म २५ हजार रुपैँया सदस्यहरुका लागि निव्र्याजी सापटी कर्जा वितरण गरेको थियो । सानो लगानीबाट व्यवसाय सुरु गरेतापनी हाल व्यवसाय सहज गराउनको लागि जनमुखी सहकारीले राम्रो लगानी गरी दिएको उहाँले बताउनु भयो । आफुले जनमुखीमा धेरै कारोवार रहेको र आवश्यकता परेको वेलामा सहकारीलेनै लगानी गरी दिने गरेको उहाँले बताउनु भयो ।

सानो लगानीमा सुरु गरेको व्यवसाय अहिले फौलिदै गएको छ । मैनापोखरी आसपासको क्षेत्रमा सेवा दिदै आएको जाल्पा राइस मिल संचालनमा रहेको जग्गा मात्र अहिले १ करोड भन्दा माथिको रहेको छ । सुरुमा पिठो पिस्ने मेसिन बाट सुरु गरेको भएता पनि स्थानियको आवश्यकतालाई मध्यनजर गरी धान पिस्ने, मैदा पिस्ने, तेल पेल्ने जस्ता सुविधा समेत दिँदै आएको संचालन गिता प्रसाद दहालले बताउनु भयो ।

तिन जनाको परिवार रहेको दहालको परिवारलाई मिल व्यवसायले नै धानी राखेको छ भने मिलमा काम गर्नेको लागि सहयोगी तिन जना राखेका छन् । सहयोगीहरुलाई मात्र मासिक ८० हजार बराबर खर्च हुने गरेको उहाँ सुनाउनु हुन्छ । व्यवसायको सवै खर्च कटाएर मार्सिक डेढ लाख जति आफुलाई वच्ने गरेको उहाँले बताउनु भयो ।

दोलखाको व्यापारी केन्द्र मैनापोखरी बजारमा रहेको जाल्पा राइस मिलमा जुंगु, गैरिमुदी, नाम्दु, मिर्गे ठुलोपातल लगाएतका ठाँउवाट कुटानी पिसानीको लागि आउने गरेको छ । स्थानिय बजारलाई मध्यनजर गरी तोरी पेलेको प्रति पाथी ३० रुपैया मैदा पिसेको प्रति पाथी २५ रुपैँया र कोदो धान पिसेको प्रतिपाथी ११० रपैया लिने गरेको बताउनु हुन्छ ।

व्यवसाय बाट राम्रो आम्दानी हुँदा हुँदै पनि संचालनको लागि विद्युतका कारण निकै समस्या हुने परेको उहाँले गुनासो गर्नु भयो । मैनापोखरी क्षेत्रमा विद्युत नियमित नहुँने र धेरै जसो समय बत्ति जाने भएको कारण बक्ति पर्खेर बस्नु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । आएको सामन दिनको लागि कुनै समय बक्तिका कारण ४ दिन सम्म लाग्ने गर्छ बिद्युत नियमित हुने भए सहज हुने थियो उहाँले भन्नु भयो ।