मिडिया काउन्सिल बिधेक संसोधनको माग गर्दै दोलखाका पत्रकारहरु आन्दोलनमा, जिल्ला प्रशासनमा धर्ना

चरिकोट, ३ जेठ
सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै दोलखाका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा आज धर्ना दिएका छ्न ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको नेतृत्वमा आज बिहान आज जिल्ला प्रशासन कार्यालय दोलखामा संचार सामग्रीहरु प्रदर्शन सहित धर्ना बसि साहेक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेलाइ ध्यानाकर्षण पत्र बुझाएको छ।
सरकारले ल्याउन लागेको बिधेकमा कसैले दफा १६ बमोजिम दिएको उजुरी दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुगेको देखिए आमसंञ्चार माध्यम, प्रकाशन, सम्पादक, पत्रकार वा समाचारदातालाई १० लाखसम्मको जरिवाना गर्ने विद्येयकमा उल्लेख छ ।
पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार सबै जिल्ला शाखाको नेतृत्वमा पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।
विधेयकको विरोधमा यसअघिबाटै आन्दोलन थालेको महासंघले सरोकारवाला निकायसँगको छलफलपछि आन्दोलनका कार्यक्रम सुरु गरेको हो ।
महासंघले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी कानून संसोधन गरी सरोकारवालसँग छलफल र सहमति पछि मात्र मिडिया सम्बन्धी कानून बनाउन सरकारलाई आग्रह गर्दै आएको छ ।