माथिल्लो तामाकोशी जलविधुत आयोजनाको वाँध परिक्षण (तस्विरहरु)

दर्पण संवाददाता
लामावगर, चैत्र
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोश िजलविधुत आयोजनाको बाँध स्थलको परिक्षण सफल भएको छ ।

दोलखाको लामावगरमा निर्माण भई रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविधुत आयोजनाको हेडवक्सको काम सम्पन्न भए संगै वाँधमा पानी थुनेर एक सातादेखि गरिएको परिक्षण सफल भएको आयोजनाका प्रवक्ता गनेश न्यौपानेले बताउनु भयो ।

एक साता देखि पानी थुनेर गरिएको परिक्षणमा सिभिलका सवै संरचनाहरु टोलरेनस लेभलमा रहेको र पानी लिकेज कम रहेको र वाँध क्षेत्रको परिक्षण सफल भएको प्रवक्ता न्यौपानेले बताउनु भयो ।

निर्माणको अन्तीम चरणमा रहेको आयोजनाको हेडवक्र्स अन्तर्गतको बाँध, गेट, स्टपलग आदिको परीक्षण सफल भए संगै आयोजना बालुवा थिग्¥याउने पोखरीको परीक्षण गर्ने तयारीमा लागेको छ । सुरुङको परीक्षणपछि अन्तमा पेनस्टकको परीक्षण गरिने र त्यो सफल भएमा मात्र विद्युत उत्पादन ह्ने आयोजनाले जनाएको छ ।    अहिलेसम्म ९९ दशमलब ४ प्रतिशत निर्माणको काम सकिए शून्य दशमलव ६ प्रतिशत मात्रै काम बाँकी रहेता पनि ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काममा केही ढिलाइ भएका कारण आयोजना सम्पन्न हुन सकेको छैन ।

सो ठाडो सुरुङको दुईवटा भागमध्ये तल्लो ठाडो सुरुङ ३७३ मिटर लामो र माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो रहेको छ । अहिलेसम्म तल्लो ठाडो सुरुङमा २६० मिटर पेनस्टक पाइप जडान भएको र माथिल्लो ठाडो सुरुङमा १५० मिटर पेनस्टक पाइप जडान भएको आयोजनाले जनाएको छ । तस्विर प्रभु जिरेल