दोलखाको विगु गाउँपालिका १¸ लामावगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको छ । यहि आगामी २०७८ वैशाख ८ गते बुधवारदेखि जलाशयमा पानी भर्ने तथा बैशाख १२ गते आइतबारदेखि मुख्य सुरुङको परिक्षणको लागि पानी पठाउने कार्यक्रम रहेकोले सो परीक्षणको क्रममा माथिल्लो तामाकोशीको बाँधमा तामाकोशी नदीको पानी रोक्ने र छोड्ने कार्यहरू गरिरहनु पर्ने र कुनै बेला एकैपटक धेरै मात्रामा पनि पानी छोड्नुपर्ने भई बाँधदेखि तल्लो तटीय क्षेत्रअन्तर्गत तामाकोशी नदीको किनारमा पर्ने लामाबगर¸ छेतछेत¸ गोंगर¸ जगत¸ मन्थली¸ टुनीटार¸ जामुने¸ भोर्ले, सिंगटी बजारसम्म तामाकोशी नदीमा पानीको सतह घटबढ भइरहने र सिंगटी बजारभन्दा तल्लो तटीय क्षेत्रमा तामाकोशी नदीको पानीको सतहमा सामान्य रुपमा घटबढ हुनसक्ने भएकोले उपर्युक्त अवधिमा तामाकोशी नदीमा माछा मार्ने¸ नुहाउने¸ पौडी खेल्ने, लुगा धुने ,
ढुङ्गा बालुवा झिक्ने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरु नगर्न÷नगराउन हुन सर्वसाधारण सबैमा यो सूचना जारी गरिएको छ ।
यस सम्बन्धी सूचना तामाकोशी–सुनकोशी दोभानसम्म तामाकोशी नदीले छुने सबै गाउँपालिका÷नगरपालिका कार्यालयहरू तथा दोलखा र रामेछाप जिल्लाहरूको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयहरूलाई पठाइसकिएको छ । यदि उक्त सूचना प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक सूचना मानी आवश्यक सहयोग र समन्वय गरिदिन हुन समेत अनुरोध गर्दछौं । यस सूचनाको अवज्ञा गरी नदीमा माछा मार्ने¸ नुहाउने¸ पौडी खेल्ने, लुगा धुने, ढुङ्गा बालुवा झिक्ने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरू गरी कुनै दुर्घटना हुन गएमा आयोजना जिम्मेवार नहुने समेत यसै सूचनाबाट जानकारी गराउँछौं ।
उपर्युक्त परीक्षण अवधिमा र सो अघि कुनै सूचना लिनुपर्ने भएमा यस आयोजनाको निम्न फोन नम्बरहरुमा सम्पर्क गरी आवश्यक सूचना प्राप्त गर्न सकिनेछ ः ०४९४१३००३¸ ०४९४१३००५ तथा ९९४४९०००४
पुनश्चः– कुनै प्राविधिक कारणले गर्दा उपर्युक्त परीक्षण कार्यको समयावधि केही समय थप पनि हुनसक्नेछ र सोको जानकारी दोलखा जिल्लाका एफ.एम.हरुबाट पूर्वसूचना दिइने समेत अनुरोध छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना¸ गोंगर¸ दोलखा ।
