महिला अधिकारकर्मी कार्की सम्मानित, जनप्रतिनिधि र कर्मचारीद्वारा आवज नेपाललाइ आर्थिक सहयोग

पुस्कर महत, तामाकोशी, कातिक २०
दोलखाको तामाकोशी गाउँपालिकाले आवाज नेपाल दोलखाकी प्रमुख सिर्जना कार्कीलाई सम्मान गरेको छ ।
लैँङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा कार्कीलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो । गाउँपालिकाले वक्तृत्वकला तथा अभिमुखिकरण गरी लगातार २ दिन सञ्चालन गरेको कार्यक्रमको अन्तिम दिन आज लैंङ्गिक हिंसामा परेका तथा असहाय महिला र बालबालिकाहरुको जीवन निर्वाहरुमा महत्वपूर्ण भूमिका खेल्दै समाज सेवामा योगदान पुर्‍याएको भनि सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का केसीले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सहित गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुले संकलन गरेको रु. ३१ हजार ७ सय रुपैँया रकम समेत कार्की आवद्ध रहेको आवाज नेपाललाई हस्तान्तरण गरिएको छ । संकलित रकम हस्तान्तरण गर्दै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले आवाज नेपालले यो माहान कार्यलाई अगाडि बढाइरहेको भन्दै उच्च सम्मानका साथ खुशी मनले आफू र आफु मातहतका कर्मचारीहरुले सहयोग गर्नुभएको बताउनु भयो । यसै सन्दर्भमा गाउँपालिकामा कार्यरत कर्मचारी राम बहादुर कार्कीले आफ्नी जीवनसाथी रविता महत कार्कीको जन्मदिनको अबसर पारेर उत्सवमा खर्चहुने केहि खर्च कटौती गर्दै रु ५ हजार रुपैँया रकम आवाज नेपाललाई सहयोग गर्नुभएको छ ।

लैंङ्गिक हिंसा विरुद्धको अभियानका अवसरमा गाउँपालिकाले पहिलो दिन शुक्रबार गाउँपालिकाका सम्पूर्ण अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला कार्यक्रम गरेको थियो । कार्यक्रमको दोस्रो दिन शनिबार आयोजित कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्ष सहित महिला सदस्य, दलित महिला सदस्य, महिला समाजसेवी तथा सबै वडाका मेलमिलापकर्ता संयोजकहरुलाई लैंङ्गिक हिंसा न्यूनिकरणका विषयमा अभिमुखिकरण गरिएको हो । कार्यक्रमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत रहने जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखाका महिला सेल शाखा प्रमखु प्रहरी निरिक्षक रुक्सा बज्राचार्य, महिला अधिकार कर्मी दोय सिर्जना कार्की र जानुका न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।