महिलाहरुको लागि दुई दिने आत्मरक्षा तालिम सम्पन्न

दोलखाको बैतेश्वर गाउँपालिका स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालयमा महिलाहरुको लागि दुई दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

जिल्ला युवा समिति दोलखाको आयोजना र हनुमन्तेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा सुरु भएको तालिम आज सम्पन्न भएको हो । सिर्जनशीलता र उद्यमशीलता प्रर्वद्धन बाग्मतीमा युवा सशक्तिकरण भन्ने मुल नाराका साथ सुरु भएको तालिममा हनुमतेश्वर माध्यमिक विद्यालयकामा अध्यानरत १० देखि १२ कक्षा सम्मका ४० जना किशोरीहरुको सहभागिता रहेको थियो जिल्ला युवा समिती दोलखाका अध्यक्ष भरतरोन श्रेष्ठले जानकारी दिनुभयो ।

आत्मरक्षा तालिममा सहभागी किशोरीहरुलाई गायत्री शिवाकोटी र बिन्दा थापाले आत्मरक्षा सम्बन्धी गतिविधिको प्रशिक्षण गराउनुभएको थियो । महिला तथा किशोरीहरु प्रति हुने बलात्कार , दुव्र्यवहार, झै–झगडा जस्ता घटना हुँदा महिला तथा किशोरीले आफ्नो सुरक्षा आफैं गर्न सकुन भन्ने उदेश्यले तालिम प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । जिल्ला युवा समिति दोलखाको अध्यक्ष भरतरोन श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा बैतेश्वर गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष कुमार चौँलागाई, क्याम्पस प्रमुख कमल दाहाल, समाजसेवी धुर्व आचार्य, हनुमन्तेश्वर विद्यालयका सहायक प्रधानाध्यापक सिताराम दाहाल लगाएतको उपस्थिति रहेकोे थियो ।