रोजिना सुनुवार
चरिकोट, असार ३१
भिमेश्वर नगरपालिका वडा नम्वर ६ मा रहेको महांकाल प्राथमिक विद्यालयमा भएको पहिरो नियन्त्रणका लागि मानव अधिकार सचेचन तथा विकास केन्द्रले सहयोग गरेको छ ।
संयुक्त राष्ट संघिय विकास कार्यक्रम नेपाल संगको सहकार्यमा संचालित बुप्रकोप जोखिममा रहेका नेपालका सहरी क्षेत्रमा विपद जोखिम न्यूनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि परियोजना अन्र्तगत महांकाल प्राथमिक विद्यालय हातभित्र रहेको पहिरो नियन्त्रणका लागि सहयोग गरेको हो । संस्थाले वडा नम्वर ६ विपद व्यवस्थापन समिती अन्र्तगत महांकाल प्राथमिक विद्यालय हात भित्रको पहिरो नियन्त्रण उपभोक्ता समितीलाई २ लाख ३१ हजार वरावरको सहयोग गरेको हो ।

पहिरो नियन्त्रण कार्य अन्र्तगत साइट सफा गर्ने, जग खन्ने, ग्याविन जालि लगाउने, माटो भर्ने कार्य, वायोइन्जीनेरिङ सम्वन्धी कार्य लगाएत कार्य गरेका छन् । परियोजनाले विद्यालय र भिमेश्वर नगरपालिका वडा नम्वर ६ का स्थानिहरुले उपभोग गर्ने खाने पानीको ट्रयाङकी समेत मर्मत गरेका छन् । ट्रयाङकी र्ममतबाट स्थानीय २४ घर परिवार प्रत्यक्ष रुपमा लाभन्वीत भएका छन् । यो परियोजनाले २०१९ डिसेम्वर देखि दोलखामा काम गर्दै आएको छ ।
