मन्त्री गुरुङलाई गृह जिल्ला दोलखामा भव्य स्वागत

दर्पण संवाददाता
चरिकोट, मङसिर ११

नवन्युक्त महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री पार्वत गुरुङलाई गृह जिल्ला दोलखामा आज भब्य स्वागत गरेको छ ।

मन्त्री न्युक्त भई गृह जिल्ला दोलखामा पहिलो पटक आउनु भएका मन्त्री गुरुङलाई दोलखाका नेकपा पार्टी तथा विभिन्न संघ संस्थाहरुले भव्य रुपमा दोलखामा स्वागत गुर्नका साथै शुभकामना तथा बधाई व्यक्त गरेका छन् । दोलखा जिल्ला बाट अत्याधीक बहुमतले विजयी भई प्रतिनिधी सभामा प्रतिनिधीत्व गर्दै संघिय मन्त्रि मण्डलमा न्युक्त हुनुभएको भन्दै जिल्लाका नागरीकहरुले जिल्लामा भव्य स्वागत गरेका हुन् । दोलखा जिल्ला प्रवेशद्धार खरिढुंगा देखि नै नागरिकहरुले स्वागत गरेका थिए ।

मन्त्रि न्युक्त भए पश्चात पहिलो पटक जिल्लामा आउनुभएका मन्त्रि गुरुङलाई नेकपाले पार्टी कार्यालयमा पहिलो स्वागत गरेको थियो । पार्टी कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्रि गुरुङले आफुले पाएको जिम्मेवार मन्त्रालयलाई इमान्दार भई नमुना काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । मन्त्री गुुरुङले जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुख र सुरक्षा निकायका प्रमुखहरु संग छलफल गर्नुहुँदै सम्वृद्ध राष्ट निर्माणका लागि इमान्दार भई काम गर्नका लागि आग्रह गर्नु भयो । मन्त्री गुरुङलाई भिमेश्वर नगरपालिका जिल्ल समन्वय समिती, सातदोवाटो चरिघ्याङ टोल सुधार समिती लगाएत विभिन्न संघ संस्थाले जिल्लामा भव्य स्वागत गरेका थिए ।