मदन भण्डारीको जन्म जयन्तीको अवसरमा अनेरास्वीयु दोलखाद्वारा विद्यालयमा वृक्षारोपन


मदन भण्डारीको ७२ औं जन्म जयन्तिको अवसरमा दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको श्री महेन्द्रोदय माविमा आज बृक्षारोपन गरिएको छ । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन दोलखाद्धारा आयोजित रचनात्मक सप्ताह कार्यक्रम अन्र्तगत विद्यालयमा बृक्षारोपन गरिएको हो ।
नेपाल कम्युनिष्ट पाटीका नेता मदन भण्डारीको ७२ औ जन्म जयन्तिको अवसरमा अनेरास्वीयु दोलखाले महेन्द्रद्वाय मावि माटीमा तेजपात र धुपी जस्ता अन्य बिरुवाहरुको वृक्षारोपन गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य राजकुमार ढुङगेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस रचनात्मक सप्ताह कार्यक्रम आगामि १४ गते सम्म चल्नेछ । बृक्षरोपण कार्यक्रममा भिमेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बासु श्रेष्ठ,नेकपा एमाले जिल्ला कमिटि सदस्य शक्ति पाठक तथा अनेरास्वीयु दोलखाका सह संयोजक रामचन्द्र केसी लगाएतको सहभागिता रहेको थियो ।
नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी का नेता मदनकुमार भण्डारीको जन्म २००९ साल आषाढ १४ पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको भएको थियो भने उहाँको मृत्यु २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा मृत्यु भएको थियो ।