दर्पण संवाददाता
चरिकोट, १५ असोज
भ्रमण वर्षको पुर्व सन्ध्यामा पर्याटकहरुलाई लक्षित गरी दोलखाको पर्याटकीय नगरी जिरीमा स्ट्रिट फुड फेस्टिभल हुने भएको छ ।
दोलखाको पर्याटकीय नगरी जिरी बजारमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कार्तिक १, २ र ३ गते स्ट्रिट फुड फेस्टिभलको आयोजना गरिएको हो । तिन दिन सम्म हुने कार्यक्रममा जिरी नगरपालिका, गौरीशङ्कर संरक्षण क्षेत्र, नेपाल पर्यटन र्वोड लगायतको सहयोग मा युवा सञ्जाल जिरीले स्ट्रिट फुड फेस्टिभल – २०७६को आयोजना गरेको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताउनु भयो । जिरेलहरुको मुख्य थालेको रुपमा रहेको जिरी बजारमा हुने सो कार्यक्रममा सांस्कृतिक प्रर्दशनि, स्थानिय खानाका विभिन्न परिकार बिक्रि, प्रमुख पर्यटकीय गन्तव्यको भिजिट जस्ता कार्यक्रम आयोजना हुने छ ।

नेपालले भ्रमण वर्ष २०२० को घोषण गरे संगै नेपाल भित्रीने पर्याटकहरुलाई नेपलाको जुरीज सहरको रुपमा समेत चिनिने जिरी वजार सम्म भ्रमण गराउने उदेश्य सहित आयोजना गरिएको फेस्टिवल कार्यक्रमले पर्याटकको आगमन संगै आर्थीक रुपमा समेत फाइदा हुने जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले बताउनु भयो । जिरी आउने पर्यटकहरुले जिरी भित्रका पर्यटकीय गन्तव्यहरु जिरेश्वर मन्दिर, हलेश्वर मन्दिर, ढुगेश्वरी मन्दिर, पाँचपोखरी, जटापोखरी, राम्बोले देबी, जिरी वजार, ठुलोनागी, हनुमन्ते ,सिक्री गाँउ, लावती झरना,चेर्दुग डाडा, चेर्दुग चिज उत्पादन केन्द,्र चेन्चो डाडा, बुद्धपार्क, कालोभिर, जिरी चियावगान, रमिते डाँडा आदि ठाँउमा घुम्न सक्ने युवा सञ्जाल जिरीले जनाएको छ ।
स्ट्रिट फुड फेस्टिभलको अवधिमा मौलिक स्थानिय कला संस्कृति प्रर्दशनी, सांगितिक कार्यक्रम, खेलकुद प्रतियोगिता र विविध मौलिक तथा अन्य खाद्य परिकारहरु खुला सडकमा नै प्रर्दशन गरिने यूवा संजाल जिरीका सचिव गौतम जिरेलले बताउनु भयो ।


