चरिकोट, ३ पौष
दोलखाको विगु गाँउपालिकामा गए राती आगलागीमा परी एक बृद्धको मृत्यु भएको छ ।
आगलागीमा परी विगु गााउपालिका वडा न ८ थामीचागुका ७५ बर्षिय बलबहादुर थामीको मृत्यु भएको प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो । भुकम्प पछि सरकारी मापदण्ड अनुसारको पक्कि आवास निर्माण गरी रहेको थामी त्रिपालको टेन्टमुनी वस्दै आएका थिए । दोलखामा केहि दिन देखी चिसो वढेसंगै त्रिपालको टेन्टमा आगो तापेर सुतेका थामीको अस्थाई टहरामा आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बेलुका खाना खाएर सुतेको समयमा करिव १० बजे आगलागी भएको थियो ।
आगो स्थानीयको सहयोगमा राती १२ बजे नियन्त्रणमा आए पनि कटेज पुर्णरुपमा जलेर नष्ट भएको प्रहरी निरिक्षक काफलेले बताउनु भयो ।