दर्पण संवाददाता
नाम्दु, साउन २९, माटोको सानो चटक्क परेको झुपडी, अनि खरको छानो हालेको दुइ तले घर जब २०७२ मा भूकम्पले भत्कायो त्यस पछि निता घिमिरेको परिवारमा ठुलो संकट आई लाग्यो मनमा चिन्ता सुरु हुन लाग्यो । त्यहि दिन देखी निताको मनमा शान्ती र अनुहारमा खुशी देख्न पाइदैन । दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर ६ का निता घिमिरे भुकम्प गएको लामो समय सम्म पनि भुकम्पले क्षती पु¥याएको घरको पुननिमार्ण गर्न नसक्दा चिन्तित भएका छन् ।

भूकम्प गए पछि पुननिर्माणको लागि सरकारले ३ लाख सहयोग गर्ने भनिए पछि सहयोग पाइने आशामा थिए निताको परिवार तर उनको घर लाभग्राही सुचिमा समावेश भएन । लाभग्राही सुचिमा नाम आउने आशामा त्यस पछि उनि पटक पटक गुनासो फारम भर्न लागे । भुकम्प गएको ३ बर्ष वित्यो । २ पटक त गुनासोमा नाम नै आएन त्यस्रो पटक नाम निस्कीयो तर प्रवलिकरणको लागि मात्र ।

राम्रो सँग छाक टार्न समेत कठिन छ । तल्लो माथिल्लो सबै छिमेकीले घर बनाएर बसी सकेका छन । हाम्रो त लाभग्राहीको सुचीमा समेत नाम अटाएन । घिमिरेले भन्नुभयो–घर पुर्ननिमाणको लागि नेपाल सरकारले अनुदान स्वरुप दिने ३ लाख रुपैँयाका लागि तेस्रो पटक त नाम निस्किन्छ होला भन्ने धेरै आशा थियो । जुन दिन गुनासो सम्बोधन भयो । आशा नै निराशामा परिणत हुन् पुग्यो । जब भुकम्प गयो तिन बर्ष सम्म सरकारी अनुदान पाउने आशमा जिवन वित्यो, तर भुकम्प पीडितको सुचिमा मेरो नाम आएन । गिट्टी कुटेर जोहो गर्दे घर बनाउने तयारी गरिरहनुभएको घिमिरेले गिट्टी देखाउँदै भन्नु भयो । अब त के गर्न सकिन्छ । घर बनाउनको लागि पैसा छैन । अब यस्को के काम भयो र घर मर्मत गर्नु पर्ने सुचिमा नाम निस्कियो ।

घिमिरे अचम्मित हुँदै भन्नुभयो अब १ लाख रुपैँयाले मैले के गर्न सक्छु र घरै छैन् घर मर्मत गर्नुपर्नेमा नाम आएछ । बर्षाको समय दिन रात पानी परिरहन्छ । पानी परेपछि घिमिरेलाई आज भोलि के गर्ने कसो गर्ने भन्ने कुराले पिरोली रहन्छ ।
घिमिरेले भुकम्प पछि लत्ता कपडा र न्यानो आवास नभएकै कारण चिसोले गर्दा ४५ वर्षिय श्रीमान गुमाउनु परेको समेत दुखेसो गर्नुभयो । दुई चार पैसा कमाउन सक्ने मेरो कोहि छैनन् । कमाउने कोहि भए त घर बनाउन आट गर्न सक्थे होला । घिमिरेसँग अहिले नै घर बनाउन सक्ने आँट छैन् । सासु ससुरा छुटै् बस्नु हुन्छ उहाँहरुको नाम निस्कियो । उहाँहरुले त घर बनाउनु भएको छ । घिमिरेको ५ जनाको परिवार छ । जेठि छोरी काठमान्डौँमा काम गर्दै पढ्दै हुनुहुन्छ भने अरु तिन जना नाम्दुको बैतेश्वर माध्यमिक विद्यालयमा गाँस बास र कपासको अभावमा पनि अध्ययन गरिरहनु भएको छ ।

घिमिरेले घरलाई देखाउँदै भन्नु भयो बैशाख सम्ममा त हामी ४ जना यहि घरमा बसेका थियौँ । बैशाखको अन्तिममा घरमा पानी चुहिने गरेपछि घिमिरेहरु अहिले अरुको घरमै बसिरहनु भएको छ । सधैँ भरी यसरी अरुको घरमा बसेर पनि हुदँैन कुनै सँस्थाले घर बनाउन सहयोग गरे देखि म आफैले पनि पुननिमार्णको लागि डकर्मी तालिम सिकेकी थिय एक दुई जना बोलाएर आफु पनि घर बनाउथेँ । स्थानीय सरकार गाँउ गाँउमा आयो सिंहदबारको अधिकार अब गाँउमा भन्छन् तर हामी जस्तो दिन दुखि गरीबलाई सिंहदरबारको अधिकार गाँउ आए पनि के भयो र हाम्रो दुख हामि सँगै छ । घिमिरेले भन्नुभयो आफ्नो दुखेसो लिएर वडा कार्यालयमा नपुगेको त कहाँ हो र त्यहा बाट पनि केहि भएन । निताले सहयोगी मनहरुले घर निमार्णको लागि सहयोग गर्न अुरोध गर्नु भएको छ ।
