भीमेश्वर बहुउदेश्यीय सहकारीको २३ औ स्थापना दिवस, दिवसको अवसरमा पत्रकारको घर बनाउन सहयोग

दर्पण संवाददाता
चरिकोट, कात्तिक १६
दोलखाको भिरकोटमा रहेको भीमेश्वर बहुउदेश्यीय सहकारी संस्था लि. ले २३ औ स्थापना दिवस विहिबार भव्य रुपमा मनाएको छ ।

पुर्व पर्याटन तथा नागरिक उड्यान मन्त्री एवंम् नेकपाका ३ नं. प्रदेश सचिव आन्नन्द प्रसाद पोखरेलले केक काटेर कार्यक्रमको उदघाटन गर्नुहुँदै सहकारी जिवनको एउटा महत्वपुर्ण साथी भएको बताउनु भयो । समाजमा सहकारीले हरेक गतिविधी संचालन गर्नको लागि गरिव विपन्न जो कोहिको लागि पनि सहकारीले सहयोगी रहेको उहाँले बताउनु भयो ।
२०५२ सालमा २८ जना सदस्यहरु विचमा श्यामकाजी कटुवालको नेतृत्वमा दर्ता भई स्थापना भएको सहकारीमा हाल ७ हजार ९ सय ६५ जना सदस्य रहेका छन् । स्थानीय जनताका आर्थिक सामाजिक र संस्कृतीक स्तर अभिवृद्धि गर्ने उदेश्यले भिरकोट गाविस मात्र कार्यक्षेत्र रहेको यो सहकारीले हाल तामाकोशी गाँउपालिका वैत्येश्वर गाँउपालिकाको केहि भाग, मेलुङ गाँउपालिका र शैलुङ गाँउपालिकाको केहि भाग र भिमेश्वर नगरपालिकाको केहि भाग कार्यक्षेत्र विस्तार गरि सेवा दिँदै आएको छ ।

दिगो भरपर्दो सुशासनमा रुपान्तरीत संस्था वित्तिय र गैर वित्तिय कारोवारद्धारा व्यवसायकि र सदस्यलाई आत्मनिर्भर बनाउने परिकल्पनाका साथ स्थापन भएको यस रहकारीले आफ्ना सदस्यहरुका लागि १६ प्रकारको ऋण लगानी गर्दै आएको छ । भिमेश्वर सहकारीले प्राकृतिक प्रकोपका कारण कुनै सदस्यको घरमा क्षेती पुगे तत्काल रहात स्वरुपम नगद ५ हजार समेत प्रदान गर्नुका साथै भिमेश्वर सुत्केरी सहार भक्ता जेष्ठ सदस्य सम्मान, छात्रवृती, लघुवित्त सेवा, सदस्य सुरक्षाकोष सेवा जस्ता सेवाहरु दिँदै आएको संस्थाका व्यवस्थापक मेघराज घिमिरेले बताउनु भयो ।

तत्कालिन अवस्थामा समुदायलाई वित्तिय तथा गैर वित्तिय कारेवारबाट सेवा दिने क्रममा संस्थाले दुरदराज सम्म पुगेर सदस्यहरुलाई सेवा दिएकोले संस्थाको हैसियत वढदै गएको र आफ्नो पहिचान बनाउन सफल भएको संस्थाका अध्यक्ष श्यामकाजी कटुवालले बताउनु भयो । २८ जना सदस्यबाट कारेवार सुरुवात गरेको यस सहकारीले हाल तामाकोशी गाँउपालिका वडा न १ भिरकोटमा २ तल्लाको आफ्नै पक्की भवन निर्माण गरि सेवा दिन थालेको छ ।

सहकारीले आफ्नै करिव ७ करोडको लगानीमा दोलखा जिल्लामानै पहिलो पटक सहकारीले पशुपंक्षी दाना उद्योग संचालन गर्न लागको छ । प्रकृतीक स्रोत र साधनलाई प्रयोगमा ल्याई वैदेशीक रोजगारीमा गएका यूवाहरुलाई स्थानिय तहमानै रोजगारीको अवसर सिर्जना गराउनुका साथै आर्थिक जिवन स्तर उकासने उदेश्यले पशुपंक्षी दाना उद्योग संचालन गर्न लागेको व्यवस्थापक मेघराज घिमिरेले बताउनु भयो ।

स्थापना दिवसको अवसरमा पत्रकार महासंघलाई सहयोग ।

भिमेश्वर सहकारी संस्था ले आफ्नो २३ औ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि सहयोग गरेको छ ।
सहकारीले स्थापना दिवसको अवसरमा रु १० हजार सहयोग गरेको छ । तामाकोशी गाँउपालिका वडा नं १ भिरकोटमा अवस्थित सहकारी संस्थाले स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमका विच संस्थाका अध्यक्ष श्यामकाजी कटुवाल र प्रमुख अतिथि पुर्व संस्कृती पर्याटन तथा नगरिक उड्यान मन्त्री एवंम् नेकपा का प्रदेश ३ सचिव आनन्द प्रसाद पोखरेलले रु १० हजार नेपाल पत्रकार महासंघ दोलखा अध्यक्ष जीवन लामालाई हस्तान्तरण गर्नुभएको हो ।