भिमेश्वोर नगरपालिका क्वारेन्टाइनमा रहेका एक जनामा कोरोरा भएको पुष्टि

दर्पण संवाददाता
असार १८ चरिकोट

दोलखाको भिमेश्वोर नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ ।

तेस्रो मुलुकबाट आएका ती ब्याक्तीको पिसिआर परिक्षण गर्दा कोरोना भाइरस भएको पुष्टि भएको स्वास्थ कार्यालय दोलखाका प्रमुख बिभु झाले बताउनु भयो। उनको स्वाब परिक्षणका लाई असार १४ गते काठमाडौ पठाइएको थियो । ती ब्यती हाल नगरपालिकाको क्वारेन्टाइनमा रहेका छ्न ।

स्वास्थ मन्त्रालय भने दोलखामा २ जनालाइ भएको जनाएको छ । मन्त्रालयले जनाए अनुसार १ जना पुष्टि भएको र अन्य को खोजी भइ रहेको झाले बताउनु भयो ।