दर्पण संवाददाता
भाद्र ६
भिमेश्वोर नगरपालिका मा आज ६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
नगरपालिकाको ३ जना पुरुष र ३ जना महिलालाइ कोरोना पुष्टि भएको हो । नगरपालिकाबाट ६२ जनाको स्वाब परिक्षण गर्दा आज ६ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा संघसंस्था स्वास्थ्य संस्थामा कार्यरत कर्माचारी हरु रहेका छ्न । अन्य छिमेकि पालिकामा कोरोना देखा परेपछी ६२ जनाको स्वाब संकलन गरि परिक्षणका लागि धुलिखेल पठाएको थियो । जस मध्य ३ पुरुष र ३ महिला गरि ६ जनामा कोरोना पोजेटिभ देखिएको दोलखाका स्वास्थ कार्यालय प्रमुख बिभु झाले बताउनु भयो ।