भिमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा जेष्ठ नागरिकहरुलाई लौरो वितरण

उमा खड्का

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ५ ले वडा भित्रका जेष्ठ नागरिकहरुलाई लौरो वितरण सुरु गरेको छ ।

वडाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत वडाको चालु कार्यक्रम अन्र्तगत ३ लाख बजेटमा लौरो वितरण कार्यक्रम आयोजना गरेको हो । भिमेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वासु श्रेष्ठको अध्यक्षतामा भएको लौरो वितरण कार्यक्रमको उद्घाटन भिमेश्वर नगरपालिका उप प्रमुख कमला बस्नेतले गर्नुभएको थियो । आजबाट सुरु गरिएको लौरो वितरण कार्यक्रममा भिमेश्वर नगरपालिका वडा नम्वर ५ अन्र्तगत माटीमा ५९ जना जेष्ठ नागरिकहरुलाई लौरो वितरण गरिएको छ । लौरो वितरण गरिएको जेष्ठ नागरिकहरु मध्ये ३८ जना महिला र २१ जना पुरुष रहेको वडा अध्यक्ष बासु श्रेष्ठले जानकारी दिनुभयो । जेष्ठ नागरिकहरुलाई सहजताको लागि वडा अध्यक्षको सहभागितामा वडा भित्रका विभिन्न टोलहरुमानै उपस्थित भई चैत्र २४ गते सम्म लौरो वितरण गरिने योजना रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


जेष्ठ नागरिकहरुलाई हिडडुल गर्नका लागि सहज गराउने उदेश्यले वडाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत लौरो वितरण सुरु गरेको वडाले जनाएको छ । वडाले वडा भित्रको विभिन्न टोलहरुमा नै पुगी जेष्ठ नागरिकहरुलाई विभिन्न समयमा लौरो वितरण गर्ने कार्य रहेकोहुँदा पायक पर्ने स्थानमा सहभागी भई दिनुहुन वडाले जेष्ठ नागरिकहरुलाई आग्रह गरेको छ ।